Latest

यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस ( भिडियो सहित )

फिरोज र दुर्गा को स्वर संगै नम्रताको अभिनय।

Public Date:-2017-06-23

कृष्णहरि खड्का

अहिले युवा पुस्ता माझ लोकप्रिय गायक गायिका फिरोज बस्नेत र दुर्गा खरेलको आवाज मा “यस्तो माया गर मलाई दुनियाँलाई डाहा होस, मैले जस्तै माया पाउने हरेकलाई चाह होस।” बोलको गितको म्युजिक सारवजनिक भएको छ। उक्त रोमान्टिक गीतमा लव अफेयरको मामिलामा प्राय मौन रहने चर्चित नायिका नायिका नम्रता श्रेष्ठको पवन शर्मासंग पहिलो पटक स्क्रिन शेयर गर्दैछिन।


आफै फिल्म निर्माणमा जुटेपछी पछिल्लो समय नम्रता म्युजिक भिडियोहरुमा अत्यन्तै कम देखिएकीछन। “यो गीत यति मन पर्यो कि नाइ भन्नै सकिन” उनी भन्छिन “यो गीतको शब्द संगीत र गायनमा झल्किने माया प्रेम समर्पण र रोमान्सले मलाई असाध्य छोयो। मैले मेरो होम प्रोडक्सनको चलचित्र पर्वको प्रमोसन बिचैमा छोडेर यो गीतमा काम गरेकी हुँ”।


नृपेश उप्रेतीको शब्दले सजिएको यो गीतको म्युजिक भिडियो अभिनय गर्ने आकर्षक ब्यक्तित्वका धनी मोडल पवन शर्मा बेलायतका स्थाइ बासिन्दा हुन।गितमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने म्युजिक भिडियोलाई संचार्कर्मी तथा चलचित्र निर्देशक सुब्रत आचार्यको निर्देशन गरेका हुन।


Comment Here!

सम्बन्धित