Latest

भागवत धर्म संरक्षण समितिद्धारा छात्रवृत्ति र स्टेशनरी वितरण

Public Date:-2017-06-22

काभ्रे (पनौती)— पनौतीको धार्मिक एवम् सामाजिक संस्था भागवत धर्म संरक्षण समितिद्धारा पनौतीमा रहेको सरस्वती कुञ्ज बोर्डिङ स्कुलका असाहय, गरिब, शारीरिक अस्वस्थता भएका १० जना विद्यार्थीहरुका लागी छात्रवृत्ति वितरण गरिएको छ । उक्त छात्रवृत्तिमा प्रत्येक विद्यार्थीको सम्पूर्ण वार्षिक शुल्क समावेश गरिएको छ ।

पनौतीको श्रीराम पार्टि प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष एवम् युवा पण्डित अच्युत प्रसाद भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सरस्वती कुञ्ज बोर्डिङ स्कुलका प्रिन्सिपल अरुण कर्माचार्य,समाजसेवी मनिसा श्रेष्ठ, हेमराज हुमागाँई खबर चौतारी पत्रिकाका प्रतिनिधि युवराज दाहाल अतिथि रहेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै स्कुलका प्रिन्सिपलले संस्थाप्रति धन्यवाद दिँदै यस्ता कायैक्रमले भविष्यमा निरन्तरता पाउन पर्ने धारणा राखे । त्यस्तै संस्थाका अध्यक्ष एवम् युवा पण्डित अच्युत प्रसाद भट्टराईले कार्यक्रममा बोल्दै असाहाय शारीरिक अस्वस्थता, गरिब विद्यार्थीहरुको शिक्षामा हौसला बढाउन छात्रवृत्ति वितरण गरिएको बताए । उक्त कार्यक्रममा संस्थाको कार्यकारी सदस्य एवम् समाजसेवी मनिषा श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेकी थिइन् । उनले आफ्नो मन्तव्य राख्दै जन्मदिनमा हजारौ फजुल खर्च गर्नु भन्दा केही समाजसेवा गरेर निमुखा, असाहय विद्यार्थीको शिक्षामा सहयोग गर्नुपर्ने बताइन् । उहाँ पेशाले नर्स पनि भएकाले सेवा नै धर्म हो भन्ने उद्देश्यले भविष्यमा पनि विद्यार्थीलाई निरन्तर सहयोग गरिरहने बताइन् । कार्यक्रम संचालन संस्थाका सचिव रामकृष्ण श्रेष्ठले गरेका थिए ।

Comment Here!

सम्बन्धित