Latest

विद्यार्थीलाई लक्षित गर्दै लोकसेवा आयोग द्वारा मोवाइल एप्लिकेसन सार्वजनिक

Public Date:-2017-06-15

विद्यार्थीलाई लक्षित गरी लोकसेवा आयोगले  मोवाइल एप्लिकेसन ल्याएको छ ।
आयोगले आफ्नो ६७ औं वर्ष पार गरेको अवसरमा द्वारा मोवाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति नन्दकिशोर पुनले मोवाइल एप्लिकेसन सार्वजनिक गर्दै लोक सेवा आयोगले नयाँ प्रविधिको प्रयोग गरी विद्यार्थीलाई जानकारी दिने उल्लेखनीय कामको थालनी गरेको बताए ।
मोबाइल एप्लिकेसनबाट विद्यार्थी तथा लोक सेवा सम्बन्धी सरोकार राख्नेले आयोगका गतिविधिबारे जानकरी लिन सक्नेछन् ।
कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारी निकाय सधैं सुस्त र असक्षम नभएको बताए ।

Comment Here!

सम्बन्धित