Latest

भुकम्प र नाकाबन्दीपछि नेपालको आर्थिक बृद्धिदर हालसम्मकै उच्च : विश्वकै तेस्रो स्थानमा नेपाल

Public Date:-2017-06-13

सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले बढी हो ।

भुकम्प र भारतको नाकाबन्दीले थलिएको मुलुकमा ओली सरकारले पाँच महिना लामो नाकाबन्दी हटाउँदै आर्थिक बृद्धिदर ७ प्रतिशत पार गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । लोडसेडिङ अन्त्य, अनुकूल मौसम, भूकम्पपछिको पुनर्निर्माण तथा भारतको नाकाबन्दी हटेपछि सहज भएको व्यापारका कारण नेपालको आर्थिक वृद्धि उच्च भएको विश्व बैंकको ग्लोबल इकोनोमिक प्रोस्पेक्टस प्रतिवेदनको विश्लेषण छ ।

गत आर्थिक वर्ष सन् २०१६ मा नेपालको आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत मात्रै रहेको थियो । नेपालले सन् २०१५ मा ३ दशमलव ३ र २०१४ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

Comment Here!

सम्बन्धित