Latest

हिन्दू धर्मका रहस्यमयी १० ज्ञान यस्तो छ ….

Public Date:-2017-06-11

अनिरुद्ध जोशी ‘शतायु’ 

 हिन्दू धर्म वेदमा आधारित धर्म हाे। वेदबाट नै स्मृति र पुराणहरूकाे उत्पत्ति भएकाे हाे। वेदकाे सारलार्इ उपनिषद र उपनिषदहरूकाे सारलार्इ गीता भनिन्छ। श्रुति अन्तर्गत वेद पर्दछ भने बाँकी सबै ग्रन्थ स्मृति ग्रन्थ हुन्। रामायण र महाभारत इतिहास ग्रन्थ हुन्।

वेदकाे प्राचीनकालकाे परम्पराका क्रममा कयाैँ रहस्यमयी ज्ञान वा धार्मिक पथहरूकाे उद्भव हुँदै जानुका साथै यिनीहरूमा समय क्रमसँगै कतिपय संशोधन पनि हुँदै गए। वास्तवमा याे सबै भनेकाे ज्ञानलार्इ एक व्यवस्थित रूप दिने कसरत नै थियाे भन्दा अत्युक्ति हुँदैन। आउनुहाेस् वेदबाट उत्पन्न भएकाे यस ज्ञानबाट कति किसिमका रहस्यमयी ज्ञान विकसित हुन पुगे जानी राखाैँ।

१. गीता : वेदकाे ज्ञानलार्इ नयाँ तरिकाबाट यदि कसैले व्यवस्थित गरेकाे छ भने त्याे हाे भगवान श्रीकृष्ण। वेदहरूकाे सारलार्इ वेदान्त वा उपनिषद भनिन्छ र त्यसकाे पनि सार तत्वलार्इ गीतामा व्यवस्थित ढंगले समेटिएकाे छ।

गीतामा भक्ति, ज्ञान र कर्म मार्गका बारेमा विस्तृत रूपमा चर्चा गरिएकाे छ। त्यसमा यम-नियम र धर्म-कर्मका बारेमा पनि बताइएकाे छ। गीताले नै के भनेकाे छ भने ब्रह्म (ईश्वर) एक नै छ। गीतालार्इ पटक-पटक पढ्नुभयाे भने तपार्इँलार्इ यसकाे ज्ञानकाे रहस्य स्पष्ट हुँदै जानेछ।

२.याेगः वेदबाट नै योगकाे उत्पत्ति भएकाे हाे। समय-समयमा यस योगलार्इ कतिपय ऋषि-मुनिहरूले व्यवस्थित रूप दिएका हुन्। आदिदेव शिव र गुरु दत्तात्रेयलार्इ योगका जनक मानिएकाे छ। शिवका ७  शिष्यहरूले नै योगलार्इ सम्पूर्ण भूमण्डलभरि प्रचारित गरेका हुन्। योगकाे प्रत्येक धर्ममा गहिरा प्रभाव रहेकाे देख्न पाइन्छ। भगवान श्रीकृष्णलार्इ योगेश्वर भनिएकाे। वशिष्ठ, पराशर, व्यास, अष्टावक्र पश्चात पतञ्जलि र गुरु गोरखनाथले योगलार्इ अझ व्यवस्थित र अाधुनिक रूप दिएका हुन्।

योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिहरूलार्इ, त्यस पश्चात विवस्वान (सूर्य)लार्इ दिएका थिए। कालान्तरमा याेग दुर्इ शाखाहरूमा विभक्त हुन पुग्याे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुरि, वोढु र पच्चंशिख नारद-शुकादिहरूले प्रारम्भ गरेका थिए। याे ब्रह्म योग मानिसहरूका बीचमा ज्ञान, अध्यात्म र सांख्‍य योग अादि नामबाट प्रसिद्ध भयाे।

अर्काे कर्मयोगकाे परम्परा विवस्वानले प्रारम्भ गरेका थिए। विवस्वानले मनुलार्इ, मनुले इक्ष्वाकुलार्इ, इक्ष्वाकुले राजर्षिहरू एवं प्रजाहरूलार्इ योगकाे उपदेश दिए। उक्त सबै कुराहरू वेद र पुराणहरूमा उल्लेख भएकाे पाइन्छ। वेदलार्इ संसारकाे प्रथम पुस्तक मानिन्छ जसकाे उत्पत्ति काल लगभग १०,००० वर्ष पूर्व का मानिएकाे छ। पुरातत्ववेत्ताहरूका अनुसार योगकाे उत्पत्ति ५००० इ.पू. मा भएकाे हाे। गुरु-शिष्य परम्पराकाे माध्यमबाट योगकाे ज्ञान परम्परागत रूपले एक पुस्ताबाट अर्काे पुस्ताले क्रमशः पाउँदै गयाे।

भारतीय योग जानकारहरूका अनुसार योगकाे उत्पत्ति भारतमा लगभग ५,००० वर्षभन्दा पनि धेरै समय पहिले भएकाे हाे। योगकाे सबभन्दा आश्चर्यजनक खोज सन् १९२० काे प्रारम्भमा भएकाे हाे।सन् १९२०मा पुरातत्व वैज्ञानिकहरूले ‘सिन्धु-सरस्वती सभ्यता’ खोजेका थिए जसमा प्राचीन हिन्दू धर्म र योगकाे परम्परा भएकाे प्रमाण पाइन्छ। सिन्धु उपत्यकाकाे सभ्यतालार्इ ३३००-१७०० बीसीई पुरानाे सभ्यता मानिन्छ ।

पतञ्जलिकाे योग सूत्र योगकाे सबभन्दा उत्तम ग्रन्थरत्न् हाे। भगवान कृष्णले योगका ३ प्रकार बताएका छन्- ज्ञान योग, कर्म योग र भक्ति योग। तर योग प्रदीपमा योगका १० प्रकार बताइएकाे छ- १. राज योग, २. अष्टांग योग, ३. हठ योग, ४. लय योग, ५. ध्यान योग, ६. भक्ति योग, ७. क्रिया योग, ८.मन्त्र योग, ९. कर्म योग र १०. ज्ञान योग। यसका अलावा अरू पनि याेग छन्- धर्म योग, तन्त्र योग, नाद योग आदि।


३.अायुर्वेद: आयुर्वेद हाम्रा ऋषि-मुनिहरूले हामीलार्इ दिइएकाे अनमोल उपहार हाे। ‘आयुर्वेद’ शब्द दुर्इ शब्दहरू आयुष्+वेद मिलेर बनेकाे छ जसकाे अर्थ हाे जीवन विज्ञान। संसारकाे प्राचीनतम पुस्तक ऋग्वेदमा पनि आयुर्वेदका अतिमहत्वपूर्ण सिद्धान्तहरूकाे वर्णन गरिएकाे छ। आयुर्वेद अथर्ववेदकाे उपवेद एवं विश्वकाे आदिचिकित्सा विज्ञान हाे। आयुर्वेदका प्रथम उपदेशक धन्वन्तरि ऋषिलार्इ मानिन्छ। उनीपछि कतिपय ऋषि र मुनिहरूले आयुर्वेदकाे प्रचार-प्रसार गरे। कालान्तरमा च्यवन, सुश्रुत र चरक ऋषिकाे नाम पनि अायुर्वेदमा उल्लेखनीय छ।


चरक मतका अनुसार मृत्युलोकमा आयुर्वेदकाे अवतरणसँग अग्निवेशकाे नाम उल्लेखनीय छ। सर्वप्रथम ब्रह्माबाट प्रजापतिले, प्रजापतिबाट अश्विनी कुमारले, उनीहरूबाट इन्द्रले र इन्द्रबाट भारद्वाजले आयुर्वेदकाे ज्ञानाेपार्जन तथा अध्ययन गरे। तदनन्तर पुनर्वसु आत्रेयले अग्निवेश, भेल, जतू, पाराशर, हारीत र क्षारपाणि नामक ६ शिष्यहरूलार्इ आयुर्वेदकाे उपदेश दिए। यी ६ शिष्यहरूमा सबभन्दा अधिक बुद्धिमान अग्निवेशले सर्वप्रथम एक संहिताकाे निर्माण गरे- अग्निवेश तन्त्रकाे, जसलार्इ पछि गएर चरकले प्रति संस्कार गरे र त्यस ग्रन्थकाे नाम चरक संहिता रहन गयाे, जुन आयुर्वेदकाे आधार स्तम्भ हाे।


सुश्रुतका अनुसार काशीराज देवीदासका रूपमा अवतरित भगवान धन्वन्तरिसँग अन्य महर्षिहरूसँगै सुश्रुत जब आयुर्वेदकाे अध्ययन गर्नका लागि गए र उनीसँग निवेदन गरे त्यस समयमा भगवान धन्वन्तरिले उनिहरूलार्इ उपदेश दिँदै के भने भने सर्वप्रथम स्वयं ब्रह्माले अथर्ववेदकाे उपवेद आयुर्वेदलार्इ एक सहस्र अध्याय-शत सहस्र श्लोकहरूमा प्रकाशित गरे। धन्वन्तरिले भने ब्रह्मासँग दक्ष प्रजापति, उनीसँग अश्विनी कुमार तथा उनीहरूसँग इन्द्रले आयुर्वेदकाे अध्ययन गरे। चरक संहिता तथा सुश्रुत संहितामा वर्णित इतिहास एवं आयुर्वेदकाे अवतरणका क्रममा क्रमश: आत्रेय सम्प्रदाय तथा धन्वन्तरि सम्प्रदाय नै मान्य छन्।


४.षडदर्शनः ६ सनातन दर्शनकाे उत्पत्ति पनि वेदबाट नै भएकाे हाे । यी ६ दर्शनहरू यसप्रकार छन्- १. न्याय, २. वैशेषिक, ३. मीमांसा, ४. सांख्य ५. वेदान्त र ६. योग। सांख्य एक द्वैतवादी दर्शन हाे। महर्षि वादरायण, जो संभवतः वेदव्यास नै हुन्, उनकाे ‘ब्रह्मसूत्र’ र उपनिषद वेदान्त दर्शनकाे मूल स्रोत हाे।
महर्षि पतञ्जलिकाे ‘योगसूत्र’ याेग दर्शनकाे प्रथम व्यवस्थित र वैज्ञानिक अध्ययन हाे। वैशेषिक दर्शनका प्रणेता महर्षि कणादले यस दार्शनिक मत द्वारा यस्ताे धर्मकाे प्रतिष्ठाकाे ध्येय राखेका छन्, जुन भौतिक जीवनलार्इ सहज बनाअाेस् र लोकोत्तर जीवनमा मोक्षकाे साधन बनाेस्। न्याय दर्शन नामबाट तर्क प्रधान यस प्रत्यक्ष विज्ञानकाे सुरूवात गर्ने व्यक्ति अक्षपाद गौतम हुन्।


५.ज्याेतिषः ज्योतिष विद्याका कयाैँ अंग छन् जस्तै सामुद्रिक शास्त्र, हस्तरेखा विज्ञान, लाल किताब, अंक शास्त्र, अंगुली शास्त्र, ताड्‍पत्र विज्ञान, नन्दी नाडी ज्योतिष, पञ्च पक्षी सिद्धान्त, नक्षत्र ज्योतिष, वैदिक ज्योतिष, रमल शास्त्र, पाँचा विज्ञान आदि। भारतकाे यस प्राचीन विद्याका माध्यमबाट एकातिर अन्तरिक्ष, मौसम र भूगर्भकाे जानकारी हासिल गरिन्छ भने अर्कातिर यसका माध्यमबाट व्यक्तिकाे भूत र भविष्य पनि जान्न सकिन्छ।


वेदका ६ अंग छन् जसलार्इ वेदांग भनिएकाे छ। यी ६ अंगहरूमध्ये एक ज्योतिष हाे। वेद र महाभारतादि ग्रन्थहरूमा नक्षत्र विज्ञान अधिक प्रचलित थियाे। ऋग्वेदमा ज्योतिषसँग सम्बन्धित ३० श्लोक छन्, यजुर्वेदमा ४४ तथा अथर्ववेदमा १६२ श्लोकहरू छन्। युरेनसलार्इ एक राशिमा आउनका लागि ८४ वर्ष, नेप्चूनलार्इ १६४८ वर्ष तथा प्लूटोलार्इ २८४४ वर्षहरूकाे समय लाग्दछ।


वैदिक ज्ञानका बलमा भारतमा एकभन्दा एक खगोलशास्त्री, ज्योतिष तथा भविष्यवक्ता भएका छन्। यिनीहरूमध्ये गर्ग, आर्यभट्ट, भृगु, बृहस्पति, कश्यप, पाराशर वराहमिहिर, पित्रायुस, बैद्धनाथ आदि प्रमुख छन्।
ज्योतिष शास्त्रका ३ प्रमुख भेद छन्– सिद्धान्त ज्योतिष, संहिता ज्योतिष र होरा शास्त्र।


सिद्धांत ज्योतिषका प्रमुख आचार्य- ब्रह्मा, आचार्य, वशिष्ठ, अत्रि, मनु, पौलस्य, रोमक, मरीचि, अंगिरा, व्यास, नारद, शौनक, भृगु, च्यवन, यवन, गर्ग, कश्यप र पाराशर हुन्।
संहिता ज्योतिषका प्रमुख आचार्य- मुहूर्त गणपति, विवाह मार्तण्ड, वर्ष प्रबोध, शीघ्रबोध, गंगाचार्य, नारद, महर्षि भृगु, रावण, वराहमिहिराचार्य हुन्।
होरा शास्त्रका प्रमुख आचार्य- पुराना आचार्यहरूमा पाराशर, मानसागर, कल्याण वर्मा, दुष्टिराज, रामदैवज्ञ, गणेश, नीपति आदि हुन्।


भारतीय ज्योतिष शास्त्रमा अलग-अलग तरिकाबाट भाग्य वा भविष्य बताइन्छ। के मान्यता छ भने भारतमा लगभग १५० भन्दा बढी ज्योतिष विद्या प्रचलित छन्। कुण्डली ज्योतिष, लाल किताबकाे विद्या, गणितीय ज्योतिष, नन्दी नाडी ज्योतिष, पञ्च पक्षी सिद्धान्त, हस्तरेखा ज्योतिष, नक्षत्र ज्योतिष, अंगुली शास्त्र, सामुद्रिक विद्या, रमल शास्त्र, वैदिक ज्योतिष आदि।


६. वास्तु शास्त्र : वास्तु शास्त्रकाे उत्पत्ति पनि वेदबाटै भएकाे हाे। वास्तु शास्त्रका अनुसार नै यज्ञ मण्डप, मन्दिर, देवालय, घर र शहरकाे निर्माण गर्ने गरिन्छ। यदि शहर निर्माणमा वास्तु शास्त्रलार्इ ध्यान दिइएन भने त्यस शहरकाे हावापानी ठीक हुँदैन जसका कारणले मानसिक क्लेश उत्पन्न हुन जान्छ। वास्तु विज्ञानकाे स्पष्ट अर्थ के हाे भने चारै दिशाबाट पाइने ऊर्जा तरंगहरूकाे सन्तुलन…। यदि यी तरंगहरू सन्तुलित रूपबाट तपार्इँले प्राप्त गर्नुभएकाे छ भने घरमा स्वास्थ्य व शान्ति भइरहन्छ। घर बनाउने वा लिँदाखेरि तिथि, महिना र नक्षत्रहरूमा विचार गरिसकेपछि नै त्यसकाे वास्तु (दशा र दिशा)मा विचार गर्ने गरिन्छ। जीवनमा सुख र दुःखकाे कारण घर र शहरकाे चयनमा नै निर्भर रहन्छ।


दक्षिण भारतमा वास्तु विज्ञानकाे जग मय दानवले बसालेका थिए भने उत्तर भारतमा विश्वकर्माले। दुबैलार्इ ने शिल्पकार, निर्माणकर्ता र यन्त्र निर्माता मान्रे गरिन्छ। भृगु, अत्रि, वसिष्ठ, विश्वकर्मा, मय, नारद, नग्नजित, भगवान शंकर, इन्द्र, ब्रह्मा, कुमार, नन्दीश्वर, शौनक, गर्ग, वासुदेव, अनिरुद्ध, शुक्र तथा बृहस्पति- यी १८ जनालार्इ वास्तुशास्त्रका उपदेष्टा मानिएकाे छ। यिनीहरूले नै महाराजा मनुलार्इ वास्तुकाे उपदेश दिएका थिए। वास्तुकाे विवरण अथर्ववेदमा पनि पाइन्छ।


७. यज्ञः यज्ञ कर्म विज्ञान हाे, कर्मकाण्ड हाेइन। यसकाे विज्ञानलार्इ नबुझिकन यसलार्इ नकार्न सकिँदैन । समिधाकाे दाउरा र घिउबाट हजाराैँ टन अक्सिजनकाे निर्माण हुन्छ। यज्ञलार्इ पूजा-पाठ भनेर बुझ्नु गलत हुनेछ।


यज्ञ गर्नेका नियम पनि हुन्छन्। वेदमा जुन यज्ञहरूकाे चर्चा गरिएकाे छ, त्यही नै वास्तवमा यज्ञ हाे। वेदानुसार यज्ञ ५ प्रकारक हुन्छन्- १. ब्रह्मयज्ञ, २. देवयज्ञ, ३. पितृयज्ञ, ४. वैश्वदेव यज्ञ र ५. अतिथि यज्ञ। देवयज्ञलार्इ नै अग्निहोत्र कर्म भनिन्छ। यज्ञहरूकाे विवरण यजुर्वेदमा पनि पाइन्छ।


८.तन्त्रशास्त्र : तन्त्र एक रहस्यमयी विद्या हाे। हिन्दू धर्मका साथै बौद्ध धर्म र जैन धर्ममा पनि यस विद्याकाे प्रचलन रहेकाे पाइन्छ। तन्त्रलार्इ मूलत: शैव आगम शास्त्रहरूसँग जोडेर हेर्ने गरिन्छ, तर यसकाे मूल अथर्ववेदमा पाइएकाे छ। तन्त्र शास्त्र ३ भागहरूमा विभक्त छन्ः आगम तन्त्र, यामल तन्त्र र मुख्‍य तन्त्र। तन्त्र शास्त्रका मन्त्र र पूजा अलग किसिमका हुन्छन्।


तन्त्र विद्याका माध्‍यमबाट व्यक्ति अाफ्नाे आत्मशक्तिकाे विकास गरी कयाैँ किसिमका शक्तिहरूबाट सम्पन्न हुन सक्छ। यही तन्त्रकाे उद्देश्य हाे। तन्त्रका माध्यमबाट नै प्राचीनकालमा घातक प्रकारका हतियार बनाइन्थ्याे, जस्तै पाशुपतास्त्र, नागपाश, ब्रह्मास्त्र आदि।


यसै गरी तन्त्रबाट नै सम्मोहन, त्राटक, त्रिकाल, इन्द्रजाल, परा, अपरा र प्राण विद्याकाे जन्म भएकाे हाे। त्यसरी नै मनुष्यबाट पशु बन्नु, गायब हुनु, एकैचाृटी ५-५ रूप लिनु, समुद्रलार्इ नाघेर जानु, विशाल पर्वतहरूलार्इ उठाउनु, करोडाैँ माइल टाढाकाे व्यक्तिलार्इ देख्नु तथा त्यस व्यक्तिसँग कुरा गर्नु जस्ता अनेक कार्य यी सबै तन्त्रकाे सहायताद्वारा नै सम्भव हुनेछ। तन्त्रका प्रथम उपदेशक भगवान शंकर र त्यसपछि भगवान दत्तात्रेय भए। पछि यएर सिद्ध, योगी, शाक्त र नाथ परम्पराकाे प्रचलन रहेकाे छ।


तन्त्रकाे मासु, मदिरा र संभोगसँग कुनै पनि प्रकारकाे सम्बन्ध रहेकाे छैन, जुन व्यक्ति यस किसिमका घोर कर्ममा लिप्त हुन्छन्, तिनीहरू कहिल्यै तान्त्रिक बन्न सक्दैनन्। तन्त्रलार्इ यस्तै किसिमका मानिसहरूले बदनाम गरेका छन्। तान्त्रिक साधनाकाे मूल उद्देश्य सिद्धिबाट साक्षात्कार गर्नु हाे। यसका लागि अन्तर्मुखी भएर साधनाहरू गर्ने गरिन्छ। तान्त्रिक साधनालार्इ साधारणतया ३ मार्गमा विभाजन गरिएकाे छ- वाम मार्ग, दक्षिण मार्ग र मध्यम मार्ग भनिएकाे छ।


तन्त्र विज्ञान- जसमा यन्त्रहरूकाे स्थानमा मानव अन्तरालमा रहने विद्युत शक्तिलार्इ केही यस्ता विशेषता सम्पन्न बनाइन्छ जसबााट प्रकृतिका सूक्ष्म परमाणु त्यही स्थितिमा परिणित हुन जान्छन् जुनमा मनुष्य चाहन्छ। पदार्थहरूकाे रचना, परिवर्तन र विनाश बिना नै कुनै यन्त्रहरूकाे सहायता तन्त्रद्वारा हुन सक्छ। विज्ञानकाे यस तन्त्र भागलार्इ ‘सावित्री विज्ञान’ तन्त्र-साधना, वाममार्ग आदि नामबाट जानिन्छ । तन्त्र-शास्त्रमा जुन पाँच प्रकारका साधना बताइएकाे छ, त्यसमा मुद्रा साधनकाे ठूलाे महत्व रहेकाे छ। मुद्रामा आसन, प्राणायाम, ध्यान आदि याेगका सबै क्रियाहरूकाे समावेश हुन्छ।


९.मन्त्रमार्ग : मन्त्र साधना पनि धेरै प्रकारकाे हुने गर्छ। मन्त्रले कुनै देवी वा देवताकाे साधना गरिन्छ । मन्त्रकाे अर्थ हाे- मनलार्इ एक तन्त्रमा ल्याउनु। मन जब मन्त्रकाे अधीन हुन जान्छ तब त्याअे सिद्ध हुन थाल्छ। ‘मन्त्र साधना’ भौतिक बाधाहरूकाे आध्यात्मिक उपचार हाे।
मुख्यत: ३ प्रकारका मन्त्र हुन्छन्- १. वैदिक मन्त्र, २. तान्त्रिक मन्त्र र ३. शाबर मन्त्र। मन्त्र जपका भेद- १. वाचिक जप, २. मानस जप र ३. उपाशु जप।
वाचिक जपमा ठूलाे स्वरले स्पष्ट शब्दहरूमा मन्त्रकाे उच्चारण गरिन्छ। मानस जपकाे अर्थ मन नै मन जप गर्नु। उपांशु जपकाे अर्थ जसमा जप गर्ने मानिसकाे जिब्राे वा ओष्ठ चलेकाे देखिए पनि आवाज सुनिँदैन। बिलकुल धीमा गतिमा  जप गर्नु नै उपांशु जप हाे।


१०. जाति स्मरण मार्ग : पूर्व जन्मलार्इ जान्ने बाटाे नै याे मार्ग हाे। जब चित्त स्थिर हुन जान्छ अर्थात मन भड्किन छोडेर एकाग्र भर्इ श्वासमा नै स्थिर हुन थाल्छ, तब जाति स्मरणकाे प्रयोग गर्नुपर्छ। जाति स्मरणकाे प्रयोगका लागि ध्यानलार्इ जारी राख्दै तपार्इँ जब अाेछ्यानमा सुत्न जानुहुन्छ  तब आँखा बन्द गरेर उल्टाे क्रममा अाफ्ना दिनचर्याका घटनाक्रमलार्इ याद गर्नुहाेस्। जस्तै सुत्नुभन्दा पूर्व तपार्इँ के गर्दै हुनुहुन्थ्याे , फेरि त्यसभन्दा पूर्व के गर्दै हुनुहुन्थ्याे, तब यस किसिमका स्मृतिहरूलार्इ विहान उठ्ने बेलासम्म लैजानुहाेस्।
दिनचर्याकाे क्रम सतत जारी राख्दै ‘मेमोरी रिवर्स’ लार्इ बढाउँदै लैजानुहाेस्। ध्यानका साथ यस जाति स्मरणकाे अभ्यास जारी राख्नाले केही महिनापछि एकातिर मेमोरी पावर बढ्रदछ भने अर्कातरि नयाँ-नयाँ अनुभवहरूका साथ पूर्व जन्मलार्इ जान्ने द्वार पनि खुल्न थाल्नेछ। जैन धर्ममा जाति स्मरणकाे ज्ञान विस्तारपूर्वक उल्लेख गरिएकाे छ।
उपनिषदहरमा जाग्रत, स्वप्न र सुसुप्तिका बारेमा विस्तारपूर्वक उल्लेख गरिएकाे छ। यसलार्इ जानेर पूर्व जन्मलार्इ जान्न सकिन्छ ।
हाम्राे सम्पूर्ण जीवन स्मृति-विस्मृतिकाे चक्रमा फसिरहेकाे हुन्छ। उमेरका साथ स्मृति घट्न सुरू हुन्छ, जुन अाफैँमा एक प्राकृतिक प्रक्रिया हाे, अागामी जन्मकाे तयारीका लागि। यदि मोह-माया या राग-द्वेष ज्यादा छ भने के बुझ्नुपर्छ भने स्मृतिहरू पनि मजबूत हुन सक्छन्। व्यक्ति स्मृति-मुक्त भएपछि मात्रै प्रकृतिले उसलार्इ अर्काे गर्भ उपलब्ध गराउँछ। तर पूर्व जन्मका सबै स्मृतिहरू बीज रूपमा कारण शरीरकाे चित्तमा संग्रहीत रहन्छ। विस्मृति या बिर्सिनु किन पनि जरूरी हुन्छ भने याे जीवनका अनेक क्लेशबाट मुक्तिकाे उपाय हाे।
याेगमा अ‍ष्ट सिद्धिका अलावा अन्य ४० प्रकारका सिद्धिहरूकाे वर्णन पाइन्छ। तिनीहरूमध्ये नै एक हाे पूर्व जन्म ज्ञान सिद्धि योग। यस योगकाे साधना गर्नाले व्यक्तिलार्इ अाफ्नाे अघिल्लाे पछिल्लाे सारा जन्महरकाे ज्ञान हुन थाल्छ। याे साधना कठिन अवश्य छ, तर योगाभ्यासीका लागि सरल पनि छ।

कसरी जान्ने पूर्व जन्मलार्इ : योगले के भनेकाे छ भने सर्वप्रथम चित्तलार्इ स्थिर गर्नु आवश्यक छ । अनि मात्र यस चित्तमा बीज रूपमा संग्रहित पूर्व जन्महरूकाे ज्ञान हुन सक्छ। चित्तमा स्थित संस्कारहरूमा संयम गर्नाले नै पूर्व जन्मकाे ज्ञान हुन्छ। चित्तलार्इ स्थिर गर्नका लागि सतत ध्यान क्रिया गर्नु जरूरी छ।
अन्य तरिका जस्तै सम्मोहन क्रिया, कायोत्सर्ग विधि र अनुप्रेक्षा विधिद्वारा पनि पूर्व जन्मलार्इ थाहा पाउन सकिन्छ।


वेबदुनियाबाट नेपालीमा भावानुवाद
भाषा अनुवादक कुमार पाैडेल

– जनाताखबर

 

Comment Here!

सम्बन्धित