Latest

यस्ता छन् लाटोकोसेरोको रोचक पक्ष

Public Date:-2017-06-09

 

 लाटोकोसेरो किसानका साथी हुन् भनेर धेरैलाई थाहा छैन । जापानमा मात्रै होइन, युरोपमा समेत बुद्धिजीवी मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ । तर, नेपालमा काम नलाग्नेलाई उल्लु लाटोकोसेरो जस्तो भनेर गाली गरिन्छ ।  अरूलाई त भएनरभएन किसानलाई समेत थाहा छैन ।

लाटोकोसेरो किसानका साथी

लाटोकोसेरो किसानका साथी भन्ने गरिन्छ । तर, कसरी भए रु लाटोकोसेरोविद् राजु आचार्यले प्रस्ट्याए, ‘लाटोकोसेरोले फुल पारेर कोरल्छ । बच्चा पारेपछि हुर्काएर उडाउन चार महिना लाग्छ । चार महिनामा एउटा लाटोकोसेरो परिवारले तीन हजार मुसा खान्छ । मुसा किसानका शत्रु हुन् । उसले धान, मकै, गहुँलगायत अन्नबाली खाइदिन्छ । मुसा नियन्त्रण गर्ने भएकाले संसारभरि लाटोकोसेरोलाई किसानका साथी भनिएको हो ।’

दक्षिण अफ्रिकामा लाटोसेरोलाई गुँड

नेपालमा लाटोकोसेरो संरक्षणका लागि सरकारीस्तरबाट केही काम भएको छैन । दक्षिण अफ्रिकामा सरकारले नै लाटोकोसेरोलाई काठको कृत्रिम गुँड बनाएर किसानलाई बाँड्दै आएको छ । किसानले गुँड खेतबारीमा राखिदिन्छन् । वनकै लाटोकेसेरोले त्यहाँ फुल पार्छ । कोरल्छ । बच्चा हुर्काउँछ ।

त्यतिबेला किसानले विषादिमा जति खर्च गर्थे, कृत्रिम गुँड राख्न थालेपछि ५० प्रतिशत कमी आएको लाटोकोसेरोविद् आचार्यले जानकारी गराए ।

पर्यावतरण सन्तुलित राख्ने

लाटोकोसेरोको उपस्थितिले सम्बन्धित ठाउँको वातावरण स्वस्थ छ कि छैन भनेर जान्न सघाउँछ । जर्मनीबाट वनविज्ञानमा स्नातकोत्तर गरेका लाटोकोसेरोविद् आचार्यले भने, ‘हामी इकोसिष्टमबारे जानकार छौं । जस्तै घाँस हुन्छ, घाँसमा कीराफट्याङ्ग्रा, मुसा, सर्प आदि हुन्छन् । त्यसलाई लाटोकोसेरोले खान्छ । लाटोकोसेरोलाई खाने कमै हुन्छ । इकोसिष्टममा माथिको प्रजाति भएपछि तलको पनि हुन्छ । तसर्थ, जहाँ लाटोकेसेरो पाइन्छ, त्यहाँको वातावरण स्वच्छ हुन्छ ।’

पर्यटन प्रवद्र्धनमा लाटोकोसेरो

संसारमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । नेपालमा २२ प्रजातिका लाटोकोसेरो भेटिएका छन् । चरामात्रै हेर्न आठ प्रतिशत पर्यटक नेपाल आउँछन् । पहिले पाँच प्रतिशत थियो । चरामध्ये लाटोकोसेरो पनि एक हो । तसर्थ, लाटोकोसेरोले पर्यापर्यटनमा सघाउ पुर्याउँदै आएको छ ।

धार्मिक तथा सांस्कृतिक मान्यता

लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । ‘पहिले हामीसँग पैसा थिएन । त्यतिबेलाको पैसा भनेको अन्न हो,’ प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशकसमेत रहेका आचार्यले सुनाए, ‘त्यतिबेला वस्तु विनिमयप्रथा थियो । अन्न जोगाउनु भनेको पैसा जोगाउनु हो । देवी भनेको पैसाका प्रतीक हुन् ।’

गुरुङ संस्कृतिमा लाटोकोसेरोको त्यत्तिकै महत्व छ । कुनै बेला संसारभरि अँध्यारो थियो । लाटोकोसेरोले तपस्या गरेर सात घाम मागे । माग प्ूरा भएपछि रात परेन । सधैं दिन भएपछि अस्तव्यस्त भयो । लाटोकोसेरोले फेरि तपस्या गरेर सात जून मागे । माग पूरा हुँदा अँध्यारोमात्रै भयो । फेरि घामरजून मिलाएर देऊ भनेपछि रात र दिन हुन थालेको भन्ने गुरुङ समुदायमा प्रचलित किंवदन्ती छ ।

हिमपात हुन थालेपछि मुस्ताङका मानिस जाडो छल्न तल झर्छन् । उनीहरूले घरमा लाटोकोसेरो र कागको प्वाँख राखेका हुन्छन् । राति लाटोकोसेरो र दिउँसो कागले घरको रक्षा गर्ने उनीहरू विश्वास गर्छन् । घरमा लाटोकोसेरो झुन्ड्याइयो भने भुतप्रेत, पिशाच भगाउँछ भन्ने विश्वाससमेत गरिन्छ ।

लाटोकोसेरोको रक्सी उत्तम

चीन र भियतनाममा लाटोकोसेरोको रक्सी बनाइन्छ । चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेपछि रक्सी बनाउने गरिन्छ । बेलायतबाट कृषि वनमा स्नातकोत्तर गरेका आचार्यले थपे, ‘त्यसमा अन्य जनावर मिसाएर रक्सी बनाउँदा उत्तम मानिदोरहेछ । त्यो रक्सी पिउँदा बाथरोग निको हुनुको साथै यौनवद्र्धक पनि मानिन्छ ।’

७५ जिल्लाबाटै अवैध व्यापार

नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने विभिन्न अध्ययनले देखाएको छ । मारेपछि लाटोकोसेरोले मूल्य पाउँदैन । अन्य जनावर मारेर अवैध व्यापार गरिन्छ तर लाटोकोसेरोचाहिँ जीवित गरिन्छ ।

लाटोकोसेरेको अवैध व्यापारबारे जान्नरबुझ्न तस्कर र दलाल बनेर अभिनयसेत गरेका उनले ७५ जिल्लाबाटै हुने गरे पनि लाटोकोसेरोको सबैभन्दा बढी अवैध व्यापार दोलखाबाट हुने गरेको थाहा पाए ।

झारफुक गर्दा लाटोकोसेरो

भारतमा ठुल्ठूला तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्ने गर्छन् । केही वर्ष अघिसम्म कास्कीको पोखरामा पनि कालु नामक तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्थे ।

‘भारतमा रोडदेखि करोडपतिसम्म छन्,’ आचार्यले भने, ‘ठूला तान्त्रिकले सातो गएको मानिसको सातो बोलाउन लाटोकोसेरो माग गर्छन् । उसले लाटोकोसेरो सँगै राखेर बिरामीको झारफुक गर्ने गर्छन् ।’ तान्त्रिक विद्यामा मात्रै होइन, चीनमा लाटोकोसेरोलाई जिउँदै पानीको भाँडामा हालेर ६÷७ दिनपछि त्यही पानी पिउने गरिन्छ । कसैले लाटोकोसेरोको हड्डी पिँधेर खाने गर्दै आएका छन् ।

लाटोकोसेरोको तीन परेला

लाटोकोसेरो संरक्षणमा लागिपरेका आचार्यका अनुसार उसको तीनवटा परेला हुन्छन् । लाटोकोसेरोले आँखामा धुलो पर्यो भने माथिको परेला झिमझिम गर्छ भने आराम गर्दा तलको परेला माथि लैजान्छ । आराम गर्दा तलको परेला माथि लैजानु भनेको आँखा छोपेको हो । उसको तेस्रो परेला गाडीको वाइपरजस्तो हुन्छ । त्यो उसको नाकनजिक नीलो रंगको हुन्छ । लाटोकोसेरोको आँखालाई चिसो राखिरहनुपर्छ । उसको परेलानजिक पानी निस्कन्छ । पानी आँखाको सबै भागमा पुर्याउन तेस्रो परेलाले सघाउँछ ।

संसारकै सानो लाटोकोसेरो मेक्सिकोमा

संसारकै सानो लाटोकोसेरो ‘एल्फ’ हो । एल्फ मेक्सिकोमा पाइन्छ । यसको तौल ३५ ग्रामको हुन्छ । संसारकै ठूलो लाटोकोसेरो हुचिल हो । हुचिल नेपालमा पनि पाइन्छ । यसको तौल चार किलोसम्म हुन्छ भनिए पनि उद्धार गर्नेक्रममा दुई किलोसम्मको भेटिएको लाटोकोसेरोविद् आचार्यले बताए ।

लाटोकोसेरोसम्बन्धी चेतनामूलक अभियान

प्रकृतिका साथीहरूले लाटोकोसेरोबारे जनचेतना जगाउन चेतनामूलक अभियान चलाउँदै आएको छ । उसले अभियानक्रममा नौ वर्षमा १५ हजार विद्यार्थी, तीन हजार ५ सय सर्वसाधारणलाई भेटेर लाटोकोसेरोबारे जानकारी गराएको छ । योक्रमले निरन्तरता पाएको छ ।

नेपालमा २२ प्रजातिका लाटोकोसेरो

नेपालमा चराको अध्ययन भएको दुई सय वर्ष भइसके पनि लाटोकोसेरोको प्रजाति र बासस्थानबारे मात्रै अध्ययन भएको देखिन्छ । काठमाडौं, ललितपुर भक्तपुर, कास्की, बागलुङ, गोरखामा गोथे लाटोकोसेरो पाइन्छन् ।

काठमाडौं उपत्यकालगायत पोखरातिर झ्याल तथा घरको प्वालतिर बस्ने गोथे लाटोकोसेरोले सबैभन्दा बढी मुसा खान्छ । गोथे बस्तीमा मात्रै पाइन्छ । गोथे भँगेराजस्तै हो । उसले घरको प्वालतिर गुँड बनाउँछ ।

लाटोकोसेरो तराईरमधेसदेखि ५,१०० मिटर उचाइसम्म भेटिन्छन् । लाटोकोसेरो प्रजातिकै हप्सिलो चार हजार मिटर उचाइमा मात्रै पाइन्छ । हप्सिलो हुम्ला र मुस्ताङमा भेटिएका छन् । नेपालमा पाइने २२ प्रजातिकै लाटोकोसेरो दुर्लभ मानिदैन ।

दक्षिण एसियामै पहिलो

विश्व लाटोकोसेरो कोषका स्वयम्सेवी नेपाल प्रतिनिधि आचार्यले दक्षिण एसियामा लाटोकोसेरबारे काम नभएको आचार्यले बताए । उनले सन् २०११ मा अमेरिकामा भएको लाटोकोसेरो महोत्सवमा स्पेसल अचिभमेन्ट अवार्ड पाएका थिए । उनी अवार्ड थाप्ने दक्षिण एसियाकै पहिलो व्यक्ति हुन् ।

लाटोकोसेरो

अंग्रेजीमा आउल (owl) भने पनि , नेपालमा सानासानालाई लाटोकोसेरो र ठूलालाई हुचील भनिन्छ। दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ। ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेलाहरु हुन्छन्। यो चराको बासस्थान तराईदेखि हिमालसम्म विस्तार भएको भेटिन्छ। यिनको विशेषता सुन्ने ?

• यिनको सुन्ने र राति आँखा देख्ने क्षमता मानिसभन्दा कयौँ गुना बढी हुने गर्छ।• टाउकोलाई एकतर्फीमात्र करिब २७० डिग्रीसम्म घुमाउन सक्छन्।• खाएको खानामा नपचेका कुराहरु मुखबाट डल्लो बनाएर फाल्ने र पचेका कुराहरु दिसाबाट फ्याँक्छन्।• उड्दा खेरी आवाज नआउने भएकोले यिनलाई रातको समयमा शिकार गर्न सहज हुने गर्छ। यिनले मुसा, सर्प, भ्यागुता, चमेरा, किरा, माछा खाने गर्दछन्।

संसारभर करिब २२५ प्रजातिका लाटोकोसेराहरुको अभिलेख गरिएको छ जसमध्ये नेपालमा २१ प्रजातीका पाइन्छन्। यिनले ३ देखि १४ वटासम्म फुल पार्दछन्। रुखको टोडको, पहरा, भुइँमा, छोडिएका घरहरुमा गुँड बनाउँछन्। रातको समयमा एक्लै हिँड्दा लाटोकोसेरो कराएर तर्सिएका मानिसहरु प्रशस्तै भेटिन्छन्। संसारका कुनै पनि गाउँमा यिनका बारेमा किम्बदन्ती सुन्न पाइन्छ।

 

Comment Here!

सम्बन्धित