Latest

एउटा अनौठो घटना – जब बाख्राले पैसा चपायो

Public Date:-2017-06-08

एजेन्सी ।

भारतको यूपी कन्नौजमा एक अनौठो घटना घटेको छ ।  कन्नौज जिल्लाको सिलुवापुर गाउँमा एक भोको बाख्राले घर बनाउन राखेको पैसा नै खाइदिएपछि तहल्का मच्चिएको छ ।

बाख्राले घर बनाउन राखेको ६४ हजार भारतीय रुपैँया चिलिम पारिदिएको छ ।  बाख्राले त्यति ठूलो रकम खाइदिएपछि बाख्राका मालिक सर्वेशकुमार पनि अचम्ममा परेका छन् । उनी मात्र होइन गाउँ नै बाख्राले पैसा चपाइदिएपछि छक्क परेका छन् ।

सर्वेशकुमारका अनुसार उनले दुई हजारका ३२ वटा नोट पेन्टको गोजीमा राखेका थिए । जब उनले पेन्ट फुकालेर नुहाउन थाले । उनी नुहाएर आउँदा त बाख्राले उनको पेन्ट चपाईरहेको थियो । उनले हतार हतार बाख्राको मुखबाट पेन्ट ताने ।तर त्यसबेला निकै ढिलो भइसकेको थियो । उनको घर बनाउने पैसामा २ वटा मात्र नोट बाँकी थियो । अरु सबै बाख्राले खाइसकेको थियो ।

उनले घर बनाउनको लागि ईँट किन्न त्यो पैसा राखेका थिए । बाख्राले पहिले पनि भोक लागेको बेला कागज खाने गथ्र्यो । पहिले पनि कागज खाइरहने भएकोले बाख्रालाई पैसा खान पनि कुनै अप्ठ्यारो भएन ।

बाख्राले त्यत्रो पैसा खाईदिएपछि कतिपयले बाख्रालाई प्रहरीमा जिम्मा लगाउन समेत सल्लाह दिएका थिए । तर उनकी श्रीमतिले भने त्यसो गर्न दिइनन् ।

Comment Here!

सम्बन्धित