Latest

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का

Public Date:-2017-06-03

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेपालको प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

शनिबार अपराह्न ४ बजेसम्म व्यवस्थापिका संसद् भवन नयाँ वानेश्वरमा मनोनयन दर्ता गर्न तोकिएको मिति भित्र देउवाको मात्रै आवेदन परेपछि उनी निर्विरोध प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले काँग्रेस सभापति देउवाको मात्रै मनोनयन परेको जानकारी दिए । उनले अब देउवा प्रधानमन्त्री बन्ने पक्कापक्की भएपनि संसद्को प्रक्रिया अनुसार पक्षविपक्षमा मतदान भने हुने स्पष्ट पारेका छन् ।

संसद् सचिवालयले शनिबार ४ बजेसम्मको लागि प्रधानमन्त्रीको मनोनयन गर्ने समय तोकेको थियो । सो समयमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तावमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका थिए ।

Comment Here!

सम्बन्धित