Latest

जनउत्तरदायी स्थानीय सरकार बनाँउन काँग्रेसको नेतृत्व हुनु पर्छ : पूर्व मन्त्री शाह

Public Date:-2017-06-02

अछाम – पुर्व सूचना तथा संन्चार राज्य मन्त्री गोविन्द बहादुर शाहले जनउत्तरदायि स्थानीय सरकार बनाउनका लागि नेपाली कांग्रेसलाई विजय गराउनु पर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस रामारोशन गाउँ पालिका वडा न ४ बाटुलासेको चुनावी सभामा प्रमुख अतिथिको आसन बाट बोल्दै शाहाले समग्र सामाजिक र आर्थिक विकासको हिमायती कांग्रेस भएको र अबको विकासको जिम्मा पनि कांग्रेसको काँधमा रहेको बताउनुभयो ।

कांग्रेस रामारोशन गाउँ पालिका ४ का सभापति नन्दराज उपाध्याय को सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ट अतिथि पूर्व जिल्ला सभापति मेघराज खड्का र नेपाली कांग्रेस रामारोशन गाउँपालिका प्रमुखका उम्मेदवार अनुराधा स्वार रावल रहनुभएको थियोे ।

कार्यक्रममा अन्य अतिथि प्रचार विभाग प्रमुख धर्मराज न्यौपाने, उपप्रमुखका उम्मेदवार चन्द्र वि क, जिल्ला सदस्य एवं वडा ४ का अध्यक्षका उम्मेदवार केश बहादुर बटाला, नेविसंघ जिल्ला सभापति नृप साउद, ट्रेड युनियन जिल्ला सदस्य गोपि प्रसाद खनाल, शिक्षक संघ जिल्ला सदस्य भिम खत्री, नेविसंघ जिल्ला सदस्य पुष्प विष्ट, दलित संघ जिल्ला सदस्य गणेश परियार लगायतको सहभागीता रहेको थियो । शंकर बटालाको स्वागत मन्तव्यबाट सुरु भएको सभाको संन्चालन सचिव रविन्द्रराज खनाल ले गर्नुभएको थियो ।

Comment Here!

सम्बन्धित