Latest

शिक्षक सेवा आयोग द्वारा निम्न माध्यमिक तहको अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्न शुरु

Public Date:-2017-06-01

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।

आयोगले बुधवार तेस्रो दिन निमावि तहको पाँचै विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । मंगलबार दोस्रोदिन निमावि तहको पाँचै विकास क्षेत्रको नेपाली र सोमबार गणित विषयको नतिजा सार्वजनिक गरेको थियो । अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।

नतिजा डाउन लोड गर्न तलको लिंकमा क्लिक गर्नु होला :- 

निम्नमाध्यमिक तहको सामाजिक विषयको अन्तिम नतिजा 

निम्नमाध्यमिक तहको नेपाली विषयको अन्तिम नतिजा 

निम्नमाध्यमिक तहको गणित विषयको पाँचवटै क्षेत्रको अन्तिम नतिजा प्रकाशित

नतिजा अनुसार पूर्वाञ्चलमा ४३, मध्यमाञ्चलमा ३५, पश्चिमाञ्चलमा ५०, मध्यपश्चिमाञ्चलमा ३०, सुदुर पश्चिमाञ्चलमा १२ जनाको नाम सिफारिस गरेको आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि कूल ११ सय १७ रिक्त पदका लागि भएको विज्ञापनमा गत भदौ ११ गते भएको लिखित परीक्षामा देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको  थियो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले आफुले प्राप्त गरेको कुल प्राप्ताङ्क (लिखित, अनुभव, शैक्षिक योग्यता र अन्तरवार्तासमेत) र अन्तिम नतिजा थाहा पाउन तल दियको पोर्टल बाट नतिजाको क्षेत्र छानी रोल नं. र जन्ममिति सम्बन्धित कोठामा टाइप गरी थाहा पाउने आयोगले जनाएको छ ।

Comment Here!

सम्बन्धित