Latest

सुदुरपश्चिका पर्यटकिय स्थलको विकास गर्ने आफ्नो पहिलो एजेण्डा :भिम रावल

Public Date:-2017-05-31

एकेन्द्र महता .अछाम

नेकपा एमाले केन्द्रिय उपाध्याक्ष भिम रावलले सुदुरपश्चिका पर्यटकिय स्थलको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताउनु भयो ।

पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबाट मतपत्र च्यात्ने समेत कार्य गरेको भन्दै सामान्य लोकतान्त्रिक संस्कार पनि नहुनेले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसक्ने दाबी गर्नुभयो । नेकपा एमाले साँफेबगर नगरकमिटी आयोजनामा भएको कार्यक्रमाई सम्बोधन गर्दै नेता रावलले पहिलो चरणको निर्वाचनमा एमालेले जनताको मन जितेको भन्दै सत्ता साझेदार कांग्रेस माओवादीले गठबन्धन गर्दा पनि एमालेलाई जनताले माया गरेको बताउनु भयो । तर सरकार एक पछि अर्को असंवैधानिक काम गर्दै गईरहेको समेत बताउनु भयो ।

स्थानीय तहको पहिलो चरणको चुनावमा केही ठाउँमा धाँधली भएको भन्दै त्यसको छानविनको लागि संसदीय छानविन समिति गठन गर्ने सहमति भएको र सत्तामा बसेर निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै धाँधली गर्न नपाईने बताउनु भएको छ । देशलाई आर्थिक समृद्धिका लागि पर्यटकको विकास हुनुु अपहारिर्य भएको भन्दै पर्यटकिय स्थल खप्तड, रामारोशन लगायतका सौन्दर्य स्थललाई विकास लागि एमाले लागि रहेको र पर्यटकको मन लोभ्याउने, खप्तडमा केवुलकार विस्तार गर्ने आफ्नो भावि योजना रहेको बताउनु भयो ।

नियम विपरित प्रहरी महानिरिक्षक नियुक्ति, प्रधानन्यायधिश विरुद्ध अविश्वासको प्रस्ताव, आधा देशमा चुनाव भएपछि स्थानीय तह थप्ने लगायतका निर्णयले सरकार आफैलाई झापड लागेको बताउनु भयो । यस्तै मानव अधिकारको गम्भिर उल्लंघन गर्नेलाई राजनीतिक रंग दिएर उन्मुक्ति दिन लाग्नु बिधिको चरम उपहास भएको समेत बताउनु भयो ।

यस भन्दा पहिले नै तत्कालिन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरिसकेको काठमाण्डौ निजगढ फास्ट ट्रयाकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्दघाटन गरेर हास्यास्पद काम गरेको नेता रावलको भनाई छ । देशलाई समृद्धितिर लैजान सबै राजनीतिक दल गम्भिर हुनुपर्ने र संविधानले तय गरेका सबै काम समयसिमा भित्रै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापकिा उम्मेदवार निर्प कुवर, नेकपा माओवादीका मिन बहादुर कुवर लगाएतका नेता कार्य कर्ता एमालेमा प्रवेश गरेका छन् ।


साँफेबगर नगरपालिका ३ कावडा अध्यक्ष नेत्र कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ७ का सदस्य कुल बहादुर कुवर, मिना साँउद, नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिका मेयर पदका उम्मेदवार शिब बहादुर कुवर सिलोज युवासंघ जिल्ला अध्यक्ष हिरेन्ड कुवर लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिब हिक्मत कुवरले गर्नूभएको क्षेत्रिय कमिटी सदस्य दिपक कुवरले जानकारी दिनुभयो ।

Comment Here!

सम्बन्धित