Latest

काबुलमा भएको आमघाती बम बिस्फोटमा परी पाँच नेपाली घाइते

Public Date:-2017-05-31

अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको बताइएको छ ।यधपि यसको सम्पुर्ण बिवरण भने आइनसकेको बताइएको छ । र घाइतेहरुको नाम पनि प्राप्त भइनसकेको बताइएको छ ।घाइते नेपाली दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।

अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् ।बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको ज्यान गएको छ भने ३५० बढी घाइते भएका छन् ।

अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ ।

दूताबासको क्षेत्राधिकार हेरफेरका कारणले पनि सूचना लिन कठिनाइ भएको अधिकारीहरुले बताएका छन् ।

बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।

Comment Here!

सम्बन्धित