Latest

जब उपराष्ट्रपति पुनको टाउकोमा परेवा बस्यो

Public Date:-2017-05-29

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र मनाइने गरेको छ । सोमबार आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

करिब अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको थियो ।

सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा भिभिआइपीहरुको चाप नै थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्कीलगायत उपस्थित थियो । उनीहरूको पछिल्लो भागमा सरकारका मन्त्रीहरु, विभिन्न दलका प्रतिनिधि र सरकारी कर्मचारीको पनि बाक्लो उपस्थित ।

सोहि कार्यक्रममा परेवा उडाउने कार्यक्रम पनि थियो । प्रचण्ड, पुनले हात लिएको परेवा सबै भन्दा चाँडै उड्यो । त्यसपछि भण्डारीले परेवा उडाईन, उनले उडाएको एउटा परेवा पुनको टाउकोमा गएर बस्यो भने अर्के परेवा उड्यो । सबैको ध्यान त्यतातिरै खिच्यो ।अन्तिममा घर्ती र कार्कीले परेवा उडाए ।

Comment Here!

सम्बन्धित