Latest

टिकट माग्दै आमरण अनशन बसेका काँग्रेस नेता अाईसियुमा भर्ना

Public Date:-2017-05-29

धनगडी- नेपाली कांग्रेस जिल्ला कार्यसमतिले टिकट वितरणमा धाधली गरेको भन्दै ५ दिनदेखि आमरण अनसनमा बसेका कृष्ण कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

कुँवरको स्वास्थ्य अवस्था कमजोर भएपछि आइतबार राति सेती अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ ।


नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुँवर विगत ५ दिनदेखि पार्टी कार्यालयमा नै अनसनमा बसेका थिए ।
उनले पार्टीले आफूलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षको टिकट दिनु पर्ने माग राख्दै आएपनि पार्टीले राम्रालाई भन्दा आफ्नालाई काखी च्यापेको भन्दै कुँवर अनसनमा बसेका थिए । पार्टीले वडा नम्बर १ मा सन्तोष मुडभरी र महादेव सोवको नाम केन्द्रमा सिफारिस गरेको छ ।


अनसनमा रहेका कुँवरको स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा उनलाई आईसियुमा भर्ना गरिएको हो।

Comment Here!

सम्बन्धित