Latest

१० अाैँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताकाे उदघाटन

Public Date:-2017-05-09

 एकेन्द्र महता , अछाम

अछाम जिल्लाकाे अाेलिगाउमा १० अाैँ जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताकाे एक कार्यक्रमका बिच उदघाटन गरियकाे छ ।

क्लबका अध्यक्ष गणेश बहादुर रावलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समिति अछामका अध्यक्ष छविराज ढुगाना र बिशिस्ट अतिथि काेषाध्यक्ष तपेन्द्र कुमार स्वार रहनु भएकाे थियाे । प्रमुख अतिथि ढुगानाले ब्याटिङ र स्वारले बलिङ गरेर उदघाटन गर्नु भएकाे हाे ।

मगला बिकास क्लबकाे अायाेजनामा भएकाे प्रतियोगिता सफल पार्नका लागि भुवन स्टेशनरि स्टोर, श्रृष्टि पुस्तक पसल, ज्ञानकुञ्ज कमप्युटर सेन्टर मंगलसेन, पुष्प किराना पसल, सुरेश किराना पसल र जनज्योति बोडीग स्कुल ओलिगाउले सह प्रायोजकको भुमिका निर्वाह गरिरहेका छन । क्लबका उपाध्यक्ष हिक्मत रावलकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सन्चालन कमल रावलले गर्नु भएकाे थियाे ।

प्रतियोगितामा जिल्लाका १२ टिमकाे सहभागिता रहेकाे छ । डिफेन्डिङ च्याम्पियन अायाेजक मगला बिकास क्लब अाेलिगाउ पहिलाे खेलमा पराजित भएकाे छ । उदघाटन खेलमा ककड सात एकता समाज रिडिकाेटसँग ९ रनले विजयि भएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेकाे रिडिकाेटले निर्धारित १२ अाेभरमा ९ विकेट गुमाएर ८८ रन बनाएकाे थियाे ।

जवाफमा लक्ष्य पछ्याउन मैदानमा उत्रेको अाेलिगाउले निर्धारित १२ अाेभरमा ७ विकेट गुमायर ७९ रन बनायकाे थियाे । अाेलिगउका लागि विरेन्द्र रावलले २४ रन, कप्तान छत्र विक्रम रावलले १७ रन बनाए पनि जित दिलाउन सकेनन ।

भाेलि बिहान ८ बजे पहिलाे खेल मगला बिकास क्लब बि र जगत स्मृति युवा क्लब सुतुडा बिच हुने भएको छ । प्रतियोगितामा जिल्लाका १२ टिमकाे सहभागिता रहेकाे छ ।

Comment Here!

सम्बन्धित