Latest

समृद्ध र सुन्दर तेमाल निर्माण अभियान चलाउन सक्षम व्यक्ति हुन् प्रदिप

Public Date:-2017-05-08

समिप त्रिपाठी

आँखामा ईन्देणी सपना सजाएर । काँधमा सवल र समृद्ध तेमाल निर्माण गर्ने जिम्मेवारी बोकेर । माक्र्सवाद लेनिनवाद, र जनताको बहुदालिय जनवादको आलोकमा तेमालको उर्वरभुमीमा समृद्धिको नयाँ फूल फुल्नेछ । रातो सूर्यलाई बोकेर तेमालका गाउँ बस्ती–बस्तीमा हिड्ने प्रदिप लामा तेमालका हरेक गाउँ वस्ती अनि कुनाकन्दराहरुमा परिचित नाम हो ।

देशमा निरंकुश पंचायती शासनले उत्कर्ष लिइरहेको बेला बुवा कमान सिं लामा र आमा लमोदेवि लामाको कोखबाट साईलो छोराको रुपमा २०२८ साल बैशाख २३ गतेका दिन जन्मिनु भएका प्रदिप लामा सानै उमेर देखि राजनीति प्रति रुची राख्नुहुन्थ्यो । उहाँको बुवा कमानसिं लामाले काभ्रेको तत्कालिन ठुलोपर्सेल गाउँ विकास समितिमा १७ वर्ष सम्म गाउँ प्रमुखको रुपमा नेतृत्व गर्नु भएको थियो । बुवाको १७ वर्ष लामो राजनीतिक जीवन र प्रशासनिक कार्यबाट प्रभावित भएर प्रदिप पनि राजनीतिमा होमिएका हुन् ।

दृढ स्वभाव भएका व्यक्तिले एकपल्ट क्रान्तीको बाटोमा पाइला टेकिसकेपछि नयाँ शक्तिका रुपमा उदय हुन्छ भन्ने उदाहरण प्रदिप लामाबाट लिन सकिन्छ । तेमालका हरेक घर आँगानमा शान्ती, विकास समृद्धि र रोजगारीको ग्यारेण्टी गर्ने उदघोष गर्दै तेमालको रातो ताराको रुपमा प्रतिप लामाको उदय भएको छ ।


जीवन र जगतलाई माक्र्सवादको द्धन्द्धात्मक आँखी झ्यालबाट नियाल्ने प्रदिप लामा २०४२ सालबाट गाउँमै संचाललित पंचकन्या उच्च माविको अनेरास्ववियु अध्यक्ष बन्नु भयो । प्रारम्भिक कमिटीको अध्यक्षबाट शुरु गर्नु भएको लामाको राजनीतिक यात्रा अविराम, अविचलित र गतिवान रुपमा निरंन्तर अगाडी बढीरहेको छ । लामा नेकपा एमाले ३ नं इलाका कमिटी सदस्य हुदै नेकपा एमालेको सिपाहीको रुपमा विभिन्न कमिटीहरुमा क्रियाशील हुनु भयो । शत्रुले जुन –जुन कुराको विरोध गर्दछ । त्यस– त्यस कुराको हामीले समर्थन गर्नुपर्दछ र उसले जुन –जुन कुराको समर्थन गर्दछ, त्यस–त्यस कुराको हामीले विरोध गर्नुपर्दछ भन्ने माओको विचारबाट निर्दे्शित लामा अन्य राजनीतिक दलका नेता कार्यकर्ता र तेमालको सबै जनतामाझ पनि उतिकै लोकप्रिय यूवा नेताको रुपमा परिचति हुनुहुन्छ ।

तेमलाकै छोरा प्रदिप लामा नेकपा एमाले ठुलोपर्सेल गाउँ कमिटि सदस्य हुँदै २०५१ सालमा सचिव हुन सफल हुनु भयो । सवल र समृद्ध तेमाल निर्माण गर्ने असाधरण परिकल्पनाकार, सामाजिक व्यक्तित्वको छवि भएका लामा नेकपा एमालेको सपनालाई सधै जनताको घरदैलो सम्म पु¥याउने कुशल र सफल नेतृत्वको रुपमा परिचित हुनुहुन्छ । जव सम्म हाम्रो समाजमा असमान आर्थिक तथा राजनैतिक विकास पूजीँवादको निपेक्ष नियमको रुपमा रहन्छ त्यस्तै एकाध वा एउटैमात्र पूजीँवादी मुलुकमा पनि समाजवादको उदय संभव रहन्छ भन्ने मान्यतालाई एकाकार गदै नेपाली समाजमा पनि आफ्नै मौलिकपन झल्काउने जनताको बहुदलिय जनवादको आलोकमा समाजवादको उदय हुन्छ र यसको नेतृत्व नेकपा एमालेले गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको लामाको ठहर छ । त्यसैले सबै जनता समाजवाद प्राप्तिका लागि आन्दोलनमा लाग्न अनुरोध गर्नुहुन्छ ।

नेकपा एमाले ३ नं इलाका कमिटी सदस्य हुदै २०६० सालमा यूवा संघ नेपालको जिल्ला कमिटीमा रहनु भई कोषाध्यक्षको जिम्मेवारी कुशलताका साथ पुरा गरी २०६४ सालमा नेकपा एमाले काभ्रे जिल्ला कमिटीका सदस्य बन्न सफल लामा तिन कार्यकालसम्म जिल्ला कमिटीमै रहनु भयो । यसै गरी २०६० साल देखि २०६८ साल सम्म लोकतान्त्रिक तामाङ संघ काभ्रे काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुनुभयो । कम्युनिष्टहरुको सिद्धान्तको निचोडलाई एउटै वाक्यमा भन्न सकिन्छ त्यो हो व्यक्तिगत सम्पतीको उन्मुलन भन्ने माक्र्स र एंगेल्सको भनाई जस्तै प्रदिप लामाको पनि व्यक्तिगत सम्पती नाममा ठुलो पर्सेलमा सानो झुपडी मात्र रहेको छ ।

जीवनको उर्जामय शक्ति र समय पार्टी निर्माण परिचालन र व्यवस्थापनमै विताउनु भएका लामा २०४९ सालदेखि २०५२ साल सम्म गाउँकै श्री पंचकन्या उच्च माविमा शिक्षक समेत हुनु भयो । शिक्षा समाज परिवर्तनको पहिलो खुटकिलो हो, जहाँ शिक्षा गतिशील हुन्छ, त्यहा सुन्दर,शान्त, समृद्ध र नौतिकवान समाजको निर्माण हुन्छ भन्ने उद्घोषका साथ प्रदिप लामा श्री पंचकन्या उच्च माविमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको सदस्य हुदै अध्यक्ष समेत हुनु भयो । विद्यालयमा भौतिक पूर्वाधार निर्माण, शिक्षामा सबैको पहुच हुने कार्यक्रम, शिक्षण प्रणालीको ऐतिहासिक सुधार र विद्यार्थीहरुलाई अध्ययन अध्यापनको शैक्षिणीक बातावरण बनाउने जस्ता थुप्रै कार्यहरु उहाँकै लामाको कार्यकालमा सम्पन्न भयो । यसैगरी प्रदिप लामाको नेतृत्वमा ठुलोपर्सेलमा खानेपानी, याताायत, स्वास्थ्य, शिक्षा लगायता थुप्रै कार्यहरु सम्पन्न भैसकेका छन् ।

प्रदिप लामा २०५८ सालमा ठूलोपर्सेल उपस्वास्थ्य चौकीको व्यवस्थापन समितिको अध्यक्ष हुनुभयो । सिर्जनशील बचत तथा ऋण सहकारी संथाको संस्थापक उपाध्यक्ष, हाल कुलमु्रङ खानेपानी ठुलोपर्सेलको संयोजक समेत हुनु हुन्छ । तेमाल बौध कल्याण नेपालको महासचिव समेत रहनु भएका लामा अहिले नेकपा एमालेको तर्फबाट तेमाल गाउँ पालिकाको प्रमुखको उम्मेदवार बन्नुभएको छ । आम तेमाल बासी बुबाआमा, दाजुभाई तथा दिदिबहिनीहरुमा म के अपिल गर्दछु भने तेमाल बनाउने भनेको एमालेले मात्रै हो । त्यस्तै यहि बैशाख ३१ गते हुने निर्वाचनमा तेमाल गाउँपालिकामा नेकपा एमालेको सूर्य चिन्हमा छाप लगाइ आत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछु ।

Comment Here!

सम्बन्धित