Latest

यस्तो छ युवा संघ नेपालका केही अबधारणा

आसन्न निर्वाचनहरू र निर्वाचित नेत्रित्व बाट अपेक्षा गरिएका युवा तथा नागरिक सरोकारका बिषयमा युवा संघ नेपालका केही अबधारणा हरु

Public Date:-2017-04-23

 

जनसंख्याको अनुपातमा युवाहरुलाई राजनीतिक, प्रशासनिक लगायत राज्यका संवैधानिक निकायहरुमा समावेश गर्नुपर्ने ।

युवा स्वरोजगार र उद्यमशीलता केन्द्रित राज्यकोषको रकम तथा क्षेत्र विस्तार, प्रभावकारी र पारर्दशी वितरणको ग्यारेण्टी ।

वैदेशिक श्रममा जाने हरेक युवाहरुलाई निशुल्क पासपोर्ट उपलब्ध गराई अनिवार्य रुपमा राष्ट्रिय मान्यता प्राप्त सीप तथा तालिम लिनुपर्ने व्यवस्था अनिवार्य गराउने । वैदेशिक रोजगारको सिलसिलामा विश्वभर छरिएका युवाहरुले प्राप्त गरेका सीपहरुको विवरण संकलन गरी सम्पूर्ण सीप प्राप्त युवाहरुलाई स्वदेश फर्काउने विशेष कार्यक्रम । वैदेशिक श्रममा रहेका युवाहरुबाट प्राप्त रेमिट्यान्सलाई मुलुकका बृहत परियोजनाहरुमा समावेश गर्ने ।

हरेक स्थानीय निकायमा स्वरोजगार लक्षित समयानुकूल, स्वदेश केन्द्रित आधुनिक शिक्षाप्रणाली सहितको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्बन्धन प्राप्त सिपमूलक तालिम केन्द्रहरुको स्थापना ।

शैक्षिक प्रमाणपत्र धितोको ऋण प्रभावकारी र पारर्दशी वितरण र शिक्षा, स्वास्थ्य, रोजगारीको संवैधानिक ग्यारेन्टीको प्रभावकारी कार्यन्वयन । शैक्षिक बेरोजगारहरुका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने अन्यथा बेरोजगार भत्ताको ग्यारेन्टी गर्नुपर्ने ।

हरेक स्थानीय निकायहरुमा उद्यमशीलता र स्वरोजगारका लागि आवश्यक मूलभूत विषयवस्तुहरु जस्तैः व्यापार व्यवस्थापन, लगानी व्यवस्थापन तथा परिचालन, जोखिम न्यूनीकरण, बजार व्यवस्थापन आदि सम्बन्धि प्रभावकारी प्रशिक्षण तथा तालिमहरु देशव्यापीरुपमा संचालन गर्ने ।

जस्तै जडीबुटि पहिचान तथा प्रशोधन, रत्न पत्थर तथा खनिजजन्य पदार्थहरुको पहिचान तथा प्रशोधन, वेष्ट म्यानेजमेन्ट तथा रिसाईक्लिन, फेबरिकेसन, गार्मेन्ट, हेयर ड्रेसिङ्ग, मासु तथा फलफूल प्रशोधन, दुग्ध प्रशोधन, आधुनिक व्यवसायिक खेती प्रणाली, प्रागंरिक मल तथा विषादी उत्पादन, फेसन डिजाइनिङ्ग आदि ।

आधुनिक व्यवसायिक कृषि प्रणालीको विकास र कृषि क्षेत्रको आत्मनिर्भरताको लागि एक युवा समूह एक उत्पादन, तत्काल अनुदान र प्रभावकारी अनुगमन । प्रत्येक वडामा बेरोजगारहरुको पहिचान गरी समूह निर्माण गर्ने र सो समूहलाई प्राविधिक सिप सिकाई ऋण उपलब्ध गराई व्यवसायमा जोड्ने ।


वनपैदावर क्षेत्रभित्रका र अन्य मुलुकभर रहेका बाझो जग्गालाई उत्पादनसंग जोड्न देशव्यापी रुपमा युवाहरुको सहभागितामा बाझो खेतमा युवा श्रम कार्यक्रम र विशेष कृषिक्षेत्रको स्थापना मार्फत युवा परिचालन ।

राज्य तहबाट संचालित परियोजनाहरुमा वितरण गरिने नागरिक सेयरको निश्चित प्रतिशत युवाहरुलाई प्रदान गर्नुपर्ने ।
प्रांगारिक कृषि उत्पादनलाई विशेष प्राथमिकतामा राख्ने । उत्पीडित युवाहरुलाई उत्पादकको रुपमा विकास गर्ने विशेष कार्यक्रम ।

युवा महिलालाई रोजगार तथा स्वरोजगार दुवैमा अगाडि बढाउन विशेष कार्यक्रम ।
युवाहरुको नेतृत्व विकास तथा समग्र मुद्धाहरुको सम्बोधनका निम्ति राष्ट्रिय युवा परिषदलाई हरेक स्थानीय निकायसम्म विस्तार गर्ने ।

हरेक स्थानीय निकायमा युवा सूचना तथा अनुसन्धान केन्द्र, परामर्श तथा उजुरी केन्द्र । बाल उद्यान मनोरञ्जन पार्क स्थापना ।

युवाहरुको सहभागितामा स्थानीय निकायको विकास, सरसफाई, सामुदायिक सुरक्षा आदि कार्यक्रम ।

अन्तराष्ट्रिय विमानस्थल लगायतका स्वदेशी तथा विदेशी सेवाग्राहीहरुको अत्यधिक उपस्थिति हुने सरकारी निकायहरुमा युवा कर्मचारीहरुको परिचालन ।

युवाहरुको सीप, क्षमता, आविष्कार, प्रतिभा र अन्य विविध विषयवस्तुहरुको प्रदर्शन गर्ने अडिटोरियम हलसहितको प्रदर्शनी केन्द्र स्थापना ।

सूचना प्रविधिमा दक्ष युवाहरुलाई विभिन्न राष्ट्रहरुसँँगको पहलकदमीमा स्वदेश मै बसी काम गर्ने (आउट सोर्सीङ्ग) व्यवस्था मिलाउने, आइटी पार्कलाई प्रभावकारी बनाउँदै प्रत्येक विकास क्षेत्रमा विस्तार गर्ने ।

अन्र्तराष्ट्रिय स्तरको शिक्षाका लागि विदेश पलायन हुने युवाहरुलाई लक्षित गर्दै राज्यकै पहलकदमीमा विश्वस्तरीय विश्वविद्यालयका पाठ्यक्रम र शैक्षिक प्रणालीहरु स्वदेशमा संचालन गर्ने ।

नेपाली युवाहरुलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा योग्य बनाउन मुख्य बाधकको रुपमा रहेको अंग्रेजी भाषाको विकासको निम्ति आधारभूत तहदेखि नै पठनपाठनको भाषा अंग्रेजी बनाउने र अंग्रेजी भाषालाई बोलीचालीको रुपमा स्थापित गर्ने ।

शहरी युवा लक्षित हेल्थ एण्ड हाइजीन, फुड हेबिट, फिजिकल फिटनेशसम्बन्धि कार्यक्रमहरु । लागूऔषधबाट मुक्त अथवा मुक्ति उन्मुख युवाहरुको पुर्नस्थापनाका लागि विशेष कार्यक्रम ।

“युवाको रहर धुवाँधुलो मुक्त शहर” भन्ने नाराको सम्बोधनको निम्ति काठमाडौं लगायत अन्य शहरहरुको धुवाँधुलो र प्रदूषण अन्त्यका लागि विशेष कार्यक्रम ।

काठमाडौंमा समय, अवधि, सुरक्षा र स्थान निर्धारण गरी रात्री व्यवसायी विदेशी पर्यटक, स्वदेशी युवामैत्री रात्री बजार संचालन ।

संबिधानमा ग्यारेन्टी गरिएको शिक्षा स्वास्थ्य र रोजगार को प्रभाब कारी कार्यन्वयन । युवाहरुलाई निशुल्क रुपमा वार्षिक स्वास्थ्य पारीक्षण सेवा उपलब्ध गराउने

युवाहरुलाई स्वरोजगारका लागि ऋण तथा अनुदान बितरण केन्द्रित एकद्वार प्रणाली सहितको युवा रोजगार बैकको स्थापना ।

युवाहरुलाई लगानिका लागि सुरक्षित र सेवा सुबिधा सहितको क्षेत्रहरुको घोषणा ।

युवाहरुको लगानिमा केन्द्रित जलबिद्युत ,सडक ,रेल्वे ,बायु सेवा आदी मध्य कुनै एक बृहत परियोजना स्थापना गर्ने ।

स्थानीय तहका कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम सँगसँगै प्रोत्साहन र पुरस्कारको व्यवस्था ।

गाउँ तथा नगर क्षेत्रभित्रको पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, व्यापार आदि क्षेत्रको दिगो विकासको गुरुयोजना निर्माण गरी जनसहभागितामूलक (हरेक परिवारको संलग्नता रहने गरी )कार्यक्रम ।

स्थानिय निकाय मातहतका कार्यलयहरुलाई आधुनिक प्रविधिमैत्री, चुस्त र जनताको सेवकको रुपमा कार्य सम्पादन गर्ने व्यवस्था ।

हरेक तहमा आफ्नै दमकल, एम्बुलेन्स, शव–वहान, नगरबस आदि व्यवस्था ।

नगर क्षेत्र भित्र निर्माण हुने हरेक नयाँ घर लाई २० प्रतिशत जमिन अनिबार्य रुपमा हरियाली को लागि छुट्याउनु पर्ने ब्यबस्था ।
 निश्चित स्थान र क्षेत्र भित्र का सम्पूर्ण जमिन लाई बिशादी र रसायन मुक्त क्षेत्र को रुपमा स्थापित गर्दै अर्गानिक ग्रिन सिटी निर्माण ।

हरेक घर लाई भुकम्प प्रतिरो धात्मक रुपमा निर्माण गर्न गाउँ तथा नगर पालिका द्वारा निशुल्क प्राबिधिक सहयोग ।

स्थानिय तथा राष्ट्रिय स्तरमा उत्पादन हुने हस्तकला तथा अन्य सामाग्रीहरुको राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रबर्धन गर्न अन्तरराष्ट्रिय स्तरको बिक्री तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने ।

युवाहरुको शारिरिक सुगठन र ब्यायामका लागि भिभिन्न स्थानमा सामुदायिक जिम हल निर्माण गर्ने ।

स्थानिय मौलिक भाषा, संस्कृति, कला साहित्य को संरक्षण र प्रबर्धन को बिशेष कार्यक्रम र सास्ंकृतिक संग्राहालय स्थापना
परम्परागत पेशामा आबद्द स्थानिय उद्धमीहरुको व्यवसायलाई आधुनिक प्रबिधी हस्तान्तरणद्धारा उत्पादकत्व वृद्धि गर्ने  बिशेष कार्यक्रम ।

प्रत्येक जनता, आफ्नै बैंक खाता र वृद्धभत्ता, एकल महिला, अपाङ्ग आदिले पाउने सामाजिक सुरक्षा भत्ता सिधै बैंक खाता मार्फत वितरण ।

हरेक स्थानीय निकाय कार्यलयहरुमा सार्वजनिक पुस्तकालय, परामर्श तथा उजुरी केन्द्र ।
 हरेक युवालाई कुनै न कुनै खेल तथा शारीरिक अभ्यासमा अनिबार्य रुपमा आबद्द गराउने । युवाहरुलाई निशुल्क रुपमा

वार्षिक स्वास्थ्य पारीक्षण सेवा उपलब्ध गराई स्वास्थ्य क्षेत्रको लगानी न्यूनीकरण गर्ने ।

लागूऔषधबाट मुक्त अथवा मुक्ति उन्मुख युवाहरुको पुर्नस्थापनाका लागि विशेष कार्यक्रम ।

स्थानिय नागरिकको सहभागितामा स्थानीय निकायको विकास, सरसफाई, सामुदायिक सुरक्षा आदि कार्यक्रम ।

हरेक स्थानिय निकायमा युवा सूचना तथा अनुसन्धान केन्द्र, मनोरञ्जन पार्क, बाल उधान, अतिथि गृह स्थापना ।

भुमिहिन ,सुकुम्बासी ,बिस्थापित परिवारका लागि एकिक्रित सामुहिक बस्ती निर्माण गर्ने ।

उत्पीडित युवाहरुलाई उत्पादकको रुपमा विकास गर्ने विशेष कार्यक्रम ।

हरेक वर्ष रोपाईको समयमा आईपर्ने मल, बिउबिजन, विषादी आदिको संकटको दिगो समाधान ।

भूमिहीन, सुकुम्बासी, उत्पीडित र पछि परेका समुदायका युवाहरुलाई सीपमूलक तालिम, छात्रवृत्ति र स्थानिय रोजगारमा विशेष अवसर तथा आरक्षण ।

प्राकृतिक प्रकोप तथा विपत्तिलाई मध्यनगर गर्दै प्रत्येक टोलमा खुल्ला स्थानको व्यवस्था गर्दै सचेतना कार्यक्रम संचालन
युवाहरुको सीप, क्षमता, आविष्कार, प्रतिभा र अन्य विविध विषयवस्तुहरुको प्रदर्शन गर्ने अडिटोरियम हलसहितको प्रदर्शनी केन्द्र स्थापना ।

राज्यले ब्यबस्था गरेका नागरिक सेवा सुबिधा र युवा तथा आम नागरिकका लागि स्थापना गरिएका रिन तथा अनुदान हरुको बारेमा परार्मश र सहयोग पुर्यौने बिशेष युनिट निर्माण गर्ने ।

नगरक्षेत्रभित्र लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सहज वातावरण प्रदान गर्ने विशेष कार्यक्रम संचालन गर्ने र सम्पूर्ण

उद्योगीव्यवसायीलाई सहज सेवा प्रदानका लागि एक द्धार प्रणाली सहितको कार्यलय स्थापना गर्ने ।

हरेक परिवारलाई सहकारीमा आबद्ध गराउने र एक परिवार एक स्वरोजगार अभियान संचालन गर्ने ।

नगर क्षेत्रभित्रका हरेक नागरिकसंग भएका ज्ञान, अनुभव, सृजनशीलता, दक्षता आदिलाई नगर विकासका निम्त प्रयोग गर्नका लागि एक प्रभावकारी साझा सम्यन्त्र/फोरम निर्माण ।

गाउँ तथा नगरपालिका र मातहत निकायका प्रगति विवरणहरु र गतिविधिहरु पारर्द्शि रुपमा जनतामाझ सम्प्रेषण ।
महानगर हरुमा अन्तरास्ट्रिय र उपमहानगर मा राष्ट्रिय स्तरको रङशाला र नगर र गाउ पालिकामा बहु उदेश्यिय कभर्ड हल निर्माण

युवा हरुको प्रतिभा र नबिन सोच लाई राष्ट्र निर्माणका लागि सदुपयोग गर्ने गरी युवा आबीस्कार केन्द्र को स्थापना
निश्चित अवस्था र परिस्थितिबाहेकका सवालमा मुलुकभित्र रहेका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी व्यवसायिक प्रतिष्ठानहरुमा अनिवार्य रुपमा रोजगारको अवशर स्वदेशी युवा ले मात्र पाउनु पर्ने

हरेक युवाको हातमा स्मार्टफोन र यसको माध्यमबाट उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क हुने ई–कमर्श, सिन्डिकेटको अन्त्य र बजार व्यवस्थापन ।

आधुनिक व्यवसायिक कृषि प्रणालीको विकास र कृषि क्षेत्रको आत्मनिर्भरताको लागि एक युवा समूह एक उत्पादन, तत्काल अनुदान र प्रभावकारी अनुगमन ।

वैदेशिक श्रममा रहेका युवाहरुबाट प्राप्त रेमिट्यान्सलाई मुलुकका बृहत परियोजनाहरुमा समावेश गर्ने ।
फलफूल तरकारी तथा अन्य स्वदेशमा सम्भावना भएका उत्पादनहरुको आयातलाई निरुत्साहित पार्ने खालका नीतिहरु लागू गर्ने ।

खेलाडीहरुलाई निशुल्क बिमाको साथमा शिक्षा, स्वास्थ्य यातायात लगायतका क्षेत्रहरुमा विशेष सहुलियतको व्यवस्था ।
इन्टरनेट तथा मोबाइल डाटाको दरमा ५०प्रतिशत न्यूनीकरण ।

शैक्षिक बेरोजगारहरुका लागि रोजगारीको व्यवस्था गर्नुपर्ने अन्यथा बेरोजगार भत्ताको ग्यारेन्टी गर्नुपर्ने ।

महासचिव किरण पौडेलको फेसबुकबाट

 

Comment Here!

सम्बन्धित