Latest

साकुरा नाईस २ जापानमाँ प्रमोद खरेल संगै चर्चित राष्ट्रीय कलाकारहरु ( भिडियो सहित )

Public Date:-2017-04-22

कृष्णहैरि खड्का , टोकियो

कृष्णहरि खड्का , टोकियो- पहिलेको तुलनामा जापानमा पनिअहिले सागितिक कार्यक्रमहरु बडि नै हुने गरेका छन्। यहि May 3 तारिक बुधबारका दिन सुर्य कर्पोरेसन र गरिमा ईन्टटेनमेन्ट को प्रस्तुतिमा मानव सेवा आस्रम सहयोगार्थ ” साकुरा नाईट २ जापान ” हुदैछ। कार्यक्रम बाट संकलन भएको रकम मानव सेवा आस्रम लाई सहयोग गरिने समेत आयोजकले जानाकारी दिएको छ। 


              कार्यक्रम यहि May 3 तारिक बुधबारका दिन जापानको टोकियो स्थित नाकानो जिरो हलमा हुदैछ। कार्यक्रममा चर्चित गायक प्रमोद खरेल , गायिका नलिना चित्रकार, चर्चित हास्यकलाकार सन्दीप क्षेत्री , मोडल तथा डान्सर बिष्णु गुरुंग , कार्यक्रम प्रस्तोता नरेस भट्टराईको साथमा अन्य रास्टि्य कलाकारहरुको प्रस्तुति रहने छ। कार्यक्रम जापानको प्रमुख सहरहरु टोक्यो , नागोया , ओसाका र फुकुओका मा समेत हुदैछ।

कार्यकर्म नाफामुलक भन्दा पनि सबै मिलि रमाईलो गरौं भन्ने उदेश्यले गर्न लागिएको हो। कार्यक्रम जापानको एक पर्वको रुपमा रहेको गोल्डेन विकलाई मध्यनजर गरि गर्न लागिएको हो।  

  • For more Details : 

( टोक्यो – मे ३ ) बुधवार

टिकटको लागि सुर्य कर्पोरेसन लगाएत टोक्यो टिभि, लाखे ईन्टरटेन्डमेन्ट र स्वस्तिक समाजका कार्यसमितिहरूसंग सम्पर्क गर्नुहोला ।

( नागोया – मे ४ ) विहिबार

टिकटको लागि एकता समाज ( युनिटि गाईज नागोया ) र कार्यसमितिका साथिहरूसंग सम्पर्क गर्नुहोला ।

( ओसाका – मे ५ ) शुक्रवार 

टिकटको लागि कियोमि ईन्टरनेसनल ( अनिल पौडेल जी र उहाको टिम ) संग सम्पर्क गर्नुहोला ।

( फुकुओका – मे ७ ) आईतवार

टिकटको लागि ब्रिज सोलुसन ( हस्त लामा र उहांको टिम), फुकु डान्स ग्रुप ( रोसन तिमल्सेना लगाएतका साथिहरू) युथ हेन्ड यसोसियसन ( ग्याम्जो लामा लगाएत कार्यसमिति ) लाई सम्पर्क गर्नुहोला ।

      कार्यक्रमलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्नका लागी प्रचार प्रसार लगायत अन्य कामहरु तिब्ररुपमा भईरहेको कार्यक्रम संयोजक बासुदेब लामिछानेले जानाकारी दिनुभयो।

Comment Here!

सम्बन्धित