Latest

कन्दरा लाईभ ईन टोक्यो २०१७” संगै झुमे दर्शक।

Public Date:-2017-04-22

कृष्णहरि खड्का , टोकियो

कृष्णहरि खड्का , टोकियो-कास्की समाज जापानको आयोजनामा यही अिप्रल १६ तारिक आईतबार दिन टोकियो कामता कुमिन सेन्टरमा गरिएको पहिलो सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। अहिले चर्चामा रहेको कन्दरा ब्याणडको साथै अन्य चर्चित कलाकारहरुको साथमा कार्यक्रम गरिएको थियो। सन,१९९२ मा स्थापना भएको यो ब्याण्डले अहिलेसम्म “ चन्चले कान्छी, डाँडा पारी, हङकङ पोखरा, वर्षौपछि ” जस्ता चर्चित एल्बमरहरु श्रोताको सामु ल्याएको थियो। कन्दाराको पछिल्लो एंव पचौं एल्बम “भेडीं गोठैमा” भने झन्डै दश वर्षको अन्तरालपछि पस्केर फेरि संगितपारखीहरुको मन जित्न सफल भएको छ । जापानमा कन्दरा ब्याण्डको यो पहिलो लाईभ भएको कारण पनि दर्शकको उल्यख्य सहभागिता भएको कार्यक्रम संयोजक तिमील्सिना बताए। 

कन्दरा ब्याण्डका बिवेक श्रेष्ठ(प्रमुख भोकलिष्ट), हर्क बहादुर थापा, अविनाश गायक, बुध्द

राज गुबाजु, अमित गुरुङ र अनिल गरुङ का साथमा चर्चित कलाकार प्रेम बानियाँ को पनि बिशेष प्रस्तुति रहेको थियो। 
“कन्दरा लाईभ ईन टोक्यो २०१७” र “माछापुच्छ्रे अन्नपुर्ण हाम्रो शान” शिक्षाको लागी कास्की पोखराको अभियान” नाराका साथ सम्पन्न भएको कार्यक्रम बाट बचेको आम्दानी कास्की क्षेत्रको शिक्षा विकाशको लागि सहयोग गरिने कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना बताएका छन्। 

                  कार्यक्रमको प्रचार प्रसारको जिम्मा पाएको नमस्ते टोकियो टि भि का सन्चालक रोसन कार्कीले प्रचार प्रसार गरिए अनुसार दर्शकको सहभागिता उलेख्य रहेको जानाकारी दिनुभयो।

Comment Here!

सम्बन्धित