Latest

छोटो समयमनै लाखौ पटक हेरियो “सायद-२” को ट्रेलर ( भिडियो सहित )

Public Date:-2017-04-21

सुवास संकल्प

सार्बजनिक भएको छोटो समयमै लोकप्रिय बनेको छ प्रतिक्षित चलचित्र सायद २ को ट्रेलर l २०७३ को अन्तिम दिन अर्थात नया बर्षको अवसर पारेर ट्रेलरलाई बैशाख १ गते युटुब मार्फत सार्बजनिक गरिएको थियो l
य़ुटुबबाट सार्बजनिक गर्नु भन्दा पहिले ३१ गते राति काठमाण्डौको सानेपा स्थित एक भब्य कार्यक्रम गरी आम दर्शक माझ सार्बजनिक गरिएको थियो ।
नेपालि चलचित्र क्षेत्रमा हेरक पटक नया र प्रतिभावान कलाकारलाई डेभ्यु गराउन सफल निर्माता सुनिल रावल अर्थात दुर्गिश ब्यानर द्वारा निर्मित चौथो चलचित्र हो सायद २  सार्बजनिक भएको छोटो समयमै लाखौ पटक हेरिएको सो ट्रेलर २ मिनेट १९ सेकेण्ड लामो छ भने फिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर, लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
अघिल्लो फिल्म सायद, सायद-२ र होस्टेल रिटर्न भन्दा सबै पक्षबाट यो फिल्मलाई अझ उत्कृष्ट बनाएको निर्माता सुनिलले बताए भने फिल्मका सबै मुख्य कलाकारले आफ्नो कामलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेका बताएका छन् । सो चलचित्र आउँदो असार ३० बाट देशभर प्रदर्शन गरिदै छ भने उक्त चलचित्रका निर्माता सुनिल रावल संगै ईश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् । त्यस्तै फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् ।
सायद २ को ट्रेलर :




ट्रेलर सार्बजनिक कार्यक्रमको बिषेश रिपोर्ट सहित अन्तरबार्ता :





 

Comment Here!

सम्बन्धित