Latest

भोट कसलाई, उज्यालो घामलाई दिनुहो , देश बनाउने जिम्मेबारी हामीलाई दिनुहोस् भन्दै एमालेले ल्यायो लोकप्रिय गित (भिडियो हेर्नुहोस्)

Public Date:-2017-04-19

काठमाडौं— स्थानीय निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेलाई बिजयी गराउन आब्हान गर्दै तयार पारिएको चुनावी गीत सार्बजनिक भएको छ ।


सार्वजनिक भएलगत्तै लोकप्रिय भएको उक्त गित पुरुषोत्तम न्यौपानेको स्वर रहेको छ । गीतमा देश बनाउने जिम्मेवारी एमालेलाई दिन आग्रह गरिएको छ । आकर्षक स्वर र लयमा आएको गीतको भिडियोमा एमालेका पछिल्ला गतिबिधिलाई समेटिएको छ ।

यस्तो छ गित


सिमानामा छिमेकीले साह्रै आँखा गाढे अरू
कोही बोल्ने छैनन् एमालेले छाडे
आँच र्पुयाउन खोजे भने राष्ट्रियतामाथि
एकजुट हुने बेला आयो देशैभरका साथी !

आफै मिली बसेका छन् हाम्रा हिमाल–तराई
पहाडलाई फुटाएर बनाउँदै छन् पराई
ठूला पार्टी भनेकाले छिमेकीलाई टेरे
सधैँ शान्ति पाउने थियौँ देशले मुहार फेरे ।

नेपालीको छोरा यहाँ सिमानामा मर्छ
मिचिएको सिमा हाम्ले फिर्ता पाउनुपर्छ
हाम्ले आफ्नो संविधान मान्न पाउनुपर्छ
किन विवाद भएको छ ? जान्न पाउनुपर्छ ।


जनताको बहुमतले एमालेलाई पठाऊ
देशै बेच्न खोज्नेलाई नेतृत्वमा हटाऊ
देश विकासका थाक्ने छैनन् एमालेका नेता
र्हायौ भने उस्तै हुन्छ यो देशको ब्यथा ।

Dounload Video:




Comment Here!

सम्बन्धित