Latest

काँग्रेस र माओवादीबाट सयौं युवा एमालेमा प्रवेश

तेमालमा एमालेको भव्य सांस्कृतिक कार्यक्रम

Public Date:-2017-04-19

 

काभ्रे— नेकपा ऐमालेले तेमाल ठुलोपर्सेलमा जनसभा तथा सांस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ ।


नेकपा एमाले काभ्रेका सचिव नारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाईं सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले तेमालको समृद्धिका लागि सबै बर्ग क्षेत्र र समुदायका जनताले नेकपा ऐमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए । पाण्डेले स्थानीय स्तरमा भइरहेका पेशालाई परिमार्जन गरि उद्योगको रूपमा बिकास गर्नुपर्ने, तेमालमा मात्रै पाईने बाधिचित्त मालाको उधोग स्थापना गर्नु पर्ने भ्यु टावरको निर्माण गर्ने, प्रत्येक वडामा खेल मैदानको निर्माण गर्ने युवा स्वरोजगार का लागि स्थानीय स्रोत र साधनको पहिचान गरि परिचालन गर्ने लगायत योजना हरू ऐमालेसँग मात्रै भयकोले तेमालबासिले एमालेलाई चुन्नु पर्ने बताए ।


एमालेको जित शुनिशित भयकोले माके र काङ्ग्रेस अतालियको बताउँदै एमालेले मात्र जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू ल्याउन सक्ने बताए । कार्यक्रममा नेकपा एमाले काभ्रेका जिल्ला कमिटि सदस्य एवं नेकपा एमाले तेमाल गाउँपालिका को संयोजक घनस्याम तामाङले अहिले काङ्ग्रेस र माओवादी केन्द्र ले गाउँमा भम्र सिर्जना गरिरहेकाले जनमत नभयको काङ्ग्रेस र माकेको भम्रमा नपर्न स्थानीयलाई अनुरोध गरे । नेकपा एमाले काभ्रेका उपसचिव इन्द्रबहादुर तामाङ र जिल्ला कमिटि सदस्य एवं तेमालका इन्चार्ज जेनिश लामाले सबै एकजुट भएर एमालेलाई विजयी गराउनुपर्ने बताए ।

त्यसैगरी त्यसै नेता प्रदिप लामाले तेमालको विकासका लागि एमालेलाई विजय गराउनुपर्ने बताए । चुनावमा व्यक्ति गौण भएकाले सबैले पार्टी जिताउन लाग्नु पर्ने उनको भनाई थियो । नेकपा एमाले ले २०५४ सालको स्थानीय निकायको निर्वाचन मा पनि तेमाल का सबै गाविसमा अगुवाइ गरेको स्मरण गराउँदै तेमाल एमालेको किल्ला भएको र अन्य पार्टीले एमालेसँग प्रतिष्पर्धा गर्नै नसक्ने बताए । तेमालमा कम्युनिस्ट पार्टीको बिजारोपण पनि एमालेले नै गरेको हुनाले अन्य झिना मसिना कम्युनिस्ट पाटिहरू पनि एमाले मा समावेस हुने बताए । त्यसै गरि साविक ठुलोपर्सेल गाविसको अध्यक्ष ईमानसिङ लामाले ठुलोपर्सेल मा खानेपानी, मोटरबाटो, स्वास्थ चौकि, विद्यालयको निर्माण एमालेकै अगुवाइमा भएको थियो । तर माओवादी केन्द्र र काङ्ग्रेस ले भम्र छर्दै उनिहरूले बनायको दाबि गरिरहेको छन् । यो भम्रमा नपर्न ठुलोपर्सेलका जनातालाई आग्रह गरे । युवा नेता सत्यमान लामा, समीप त्रिपाठी, मिलन लामा, कलाकार सञ्जिब बाईबा, राजा राजेन्द्र पोखरेल लगायतको सहभागीता थियो ।

कार्यक्रममा माओवादी केन्द्र र र काङ्ग्रेस छाडी सयौँ युवाहरू एमालेमा प्रवेश गरेका थिए । यसरी प्रवेश गर्नेमा माओवादी का प्लाटुन कमान्डरसमेत रहेका पाल्देन लामा, वाईसीएलका क्षेत्रीय सदस्य पूर्ण लामा तेमालका चर्चित युवा नेता मानकाजी मोक्तान, चक्र लामा, वाङदेन लामा लगायत रहेका छन् । उनिहरूले माओवादी केन्द्रबाट देश र जनताले केही प्राप्त गर्न नसक्ने बताउँदै अहिले प्रचण्डले अरुले गरेका कामको जस लिन खोजेको र प्रभावकारी काम नगरेको बताएका थिए । नेपाली काङ्ग्रेसबाट जयराम रानामगर, धन बहादुर राणा मगर, गणेश राणा मगर, सबिना नेपाली, सपना राणा मगर, बेद कुमारि सिझलिलगायत दर्जनौं युवाहरू एमालेमा प्रवेश गरेका छन् ।

 

Comment Here!

सम्बन्धित