Latest

मोर्चालाई नपर्खने दलहरूबीच सहमती : वैशाख ३१ को स्थानीय तहको निर्वाचन कुनै हालतमा नसार्ने

Public Date:-2017-04-19

काठमाडौं — मधेशी मोर्चालाई सहमतीमा ल्याउन स्थानिय निर्वाचन सार्ने काँग्रेसको प्रस्तावलाई नकार्दै प्रमुख पाँच दलले वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन कुनै हालतमा नसार्ने निर्णय गरेका छन् ।


नेपाली काँग्रेसका नेताहरूले ५ दिन मात्र भएपनि निर्वाचन सार्नुपर्ने र मोर्चालाई सहमतीमा ल्याएर निर्वाचन गर्नुपर्ने माग गरेका थिए । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले वैशाख ३१ गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।


बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने सहमति प्रमुख दलबीच भएको जानकारी दिए । ‘मधेसी मोर्चासँग सहमति गर्ने जिम्मेवारी सत्तारुढ दललाई नै दिएका छौं,’ उनले भने– ‘एमालेले रचनात्मक भुमिका खेल्छ, मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्छाै । तर, वैशाख ३१ को निर्वाचन कुनै हालतमा रोकिन्न् ।’

निर्वाचन सार्ने कुरा उठेपछि नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले मार्चालाई निर्वाचनमा ल्याउने ग्यारेन्टी कस्ले गर्छ भन्ने प्रश्न गरेपछि निर्वाचन नसार्ने गरी निर्णय भएको बैठकमा सहभागिले जानकारी दिए ।

 

Comment Here!

सम्बन्धित