Latest

को को हुँदैछन् पाँचखाल नगरपालिकामा उम्मेदवार ?

Public Date:-2017-04-19

कविराज ढकाल

काभ्रे— काभ्रेको कृषि नगरको रूपम पहिचान बनाउन सफल पाँचखाल नगरपालिकाको प्रमुख उपप्रमुख लगातका वडाका पदहरूमा उम्मेदवारहरू चयन हुँने क्रम जारी छ ।


प्रमुख तीन दलका उम्मेदवार चयन गर्ने कार्यले तिब्रता पाएको छ भने राप्रपाले उम्मेदवार चयनको काम अन्त्य गर्न लागेको छ । नगर प्रमुखको लागि नेपाली काँगे्रसमा चार जनाको नाम चर्चामा छ । आकांक्षीहरूमा क्षेत्रीय सभापति महेश खरेल, नगर सभापति गणेशप्रसाद अधिकारी, नेता कुमार लामिछाने र शुन्दरमणि आचार्य चर्चामा छने । तर काँग्रेस स्रोतका अनुसार आचार्यलाई अगाडी सार्ने देखिएको छ । उपमेयरमा सावित्रि लामिछाने र लक्ष्मी दनुवार चर्चा छ । काँग्रसले वडा अध्यक्षहरूमा केही सर्वसम्मत भएका छन् । वडा नं २ मा रामेस्वर दाहाल, वडा नं ५ मा सर्मराज गिरी, वडा नं ७ मा रामसरण दंगाल, वडा नंं ८ मा शंजय तामाङ, वडा नं ९ मा किरण श्रेष्ठ, वडा नं ११ मा शुकविर तामाङ र वडा नं १३ मा पेमा लामा सर्वसहमतीबाट चयन भएका छन् ।

यस्तै वडा नं. १ वडामा ज्ञानेन्द्र ठकुरी, ज्ञानेन्द्र लामा र यज्ञवहादुर लामा, वडा नं ३ शुन्दर अधिकारी र प्रकाश तिमल्सिना, वडा न ४ मा राजन कार्की शुन्दर लामा र बिरवहादुर ठकुरी, वडा नं ६ मा षन्तोस दनुवार, अजय लामा र प्रकाश दुलाल , वडा नं १० मा दिपक सापकोटा, बद्रीलुईटेल, र शुदर्सण आचार्य, वडा नं १२ मा ज्ञानवहादुर दनुवार, रविन्द्र सिटौला र गौरि श्रेष्ठको नाम चर्चामा आएको छ ।


नेकपा एमालेले आन्तरिक छलफललाई तिब्रता दिएको छ । एमालेबाट मेयरका लागि अन्चन अधिकारी र रुद्र बानिँयाको चर्चा छ । उपमेयरमा मञ्जु गौतम, रिता सिग्देल, मैया दनुवार, सुर्यमाया दनुवार र नानिमैया तामाङको नाम चर्चामा रहेको छ ।  यस्तै एमालेले आठवटा वडा वडाहरूमा सर्वसहमतीमा अध्यक्षको उम्मेदवार चयन गरेको छ भने बाँकीको छलफल भइरहेको र बसै उम्मेदवार आज बेलुका सम्म सर्वसहमतीमा चयन हुने एमाले स्रोतले जानकारी दिएको छ । सर्वसम्मत चयन भएकाहरूमा वडा नं ४ को अध्यक्षमा सरोज सापकोटा, वडा नं ६ मा रामशरण दुलाल, वडा नं ७ मा पुष्कर ढकाल, वडा नं ८ मा गोपाल बहादुर वजगाई, वडा नं ९ शिवराज भेटवाल, ११ नं वडामा पुष्प श्रेष्ठ, १२ मा गोपाल वहादुर दनुवार र वडा नं १३ मा झुलानाथ उपे्रती रहेका छन् ।

यसैगरी वडा नं २ प्रभुराम कोईराला, मुक्तीनाथ पोखरेल, रामप्रसाद चौलागाई, वडा नं ३ मा षेसराज लामिछाने, बिमला शर्मा अधिकारी र फाल्गुण प्रसाद दाहाल रहेका छन् । वडा नं ५ राजेन्द्रप्रसाद सापकोटा, सिताराम ढुंगाना र सुसिलराज गिरी, त्यसैगरी वडा नं १० मा नारायण प्रसाद सापकोटा, केदारनाथ घिमिरे, भक्तिनाथ लुईटेल र हरिसरण आयार्य रहेका छन् भने वडा नं १ मा मानबहादुर तामाङ, अस्ट लामा, कुलमान तामाङको चर्चा रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरमा ५ जना आकांक्षी रहेका छन् । दावेदारमा हरिप्रसाद दुलाल, मणिराज गौतम, राजकुमार श्रेष्ठ, सरीता तामाङ शाही र हरी खतिवडा रहेका छन् । त्यसैगरी माओवादी केन्द्रले वडा अध्यक्षहरुमा ४ वटा वडामा सहमति गराएको छ । जसमा वडा नं ३ मा रमेशराज गिरी, वडा नं ५ मा बालकृष्ण सापकोटा, वडा नं ७ मा रमेश प्रसाद काफ्ले र वडा नं ८ मा कर्मसिं तामाङ रहेका छन् । वाँकी वडामा भने माओवादी केन्द्रले आकांक्षीको नाम सार्वजनिक गरेको छैन ।

यस्तै राप्रपाले भने प्रमुख उपप्रमुख देखी वडाहरूमा समेत चयन गरिसकेको छ । राप्रपाबाट मेयरमा बिष्णुप्रसाद गौतम र उपमेयरमा सुनिता सापकोटा छनोट भएका छन् । त्यसैगरी वडा अध्यक्षहरुमा पाँचखाल वडा नं २ को अध्यक्ष गणेश लामा, वडा नं ३ बलराम सार्की, वडा नं ४ मा अरुण नेपाल, वडा नं ५ मा भिमध्वज कार्की, वडा नं ६ मा कालु पराजुली, वडा नं ७ भोला चौलागाई, वडा नं ८ मा सुमन हमाल, वडा नं ९ मा राजु थापा, वडा नं १० मा भिमसेन घिमिरे, वडा नं १२ मा देवि पन्त रहेका छन् । तीन वटा वडामा आकाँक्षीहरु वडी भएकोले छनोट गर्न केही समस्या भएपनि आज साँझ सम्म छनौट गरीसक्ने राप्रपाले जानकारी दिएको छ ।

 

Comment Here!

सम्बन्धित