Latest

विद्यालयलाई कम्प्युटर हस्तान्तरण

Public Date:-2017-04-13

 

काभ्रे– पाँचखाल १२ मा रहेको आजाद मा.वि मा विहिवार पुरस्कार तथा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रमको प्रमुख अतिथि अनेरास्वबियुका पुर्व केन्द्रिय सचिव एंवम उक्त विद्यालयको पुर्व विद्यार्थी समेत रहेको भक्त कुमारी लामाले विद्यालयका लागि दुई सेट कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ लामाले भनिन् “विद्यार्थीहरुका लागि ज्ञान र सिप दुबै अत्यावश्यक छ ।” विद्यार्थीहरुलाई किताबी ज्ञानका साथ साथै प्राविधिक सिप पनि रहनु आवश्यक रहेको बताउनु भएको थियो । उनले उक्त विद्यालयका लागि आगामी वर्ष एउटा प्रोजेक्टर दिने घोषण समेत गर्नुभयो। कार्यक्रममा जिल्ला खेलकुद परिषद्का कोषाध्यक्ष तिर्थ लामा अतिथि रहेका थिए ।

 

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको संञ्चालन विद्यालयका शिक्षक बैकुण्ठ प्रसाद न्यौैपानेले गरेका थिए । विद्यालयका प्र. अ प्रल्हाद प्रसाद तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्र.अ.ले विद्यालयमा अब कक्षा दश सम्म अंग्रेजी माध्यममा गएको जानकारी गराएका थिए ।

विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा कक्षा १ देखि १० सम्म अन्तिम परीक्षामा प्रथम ,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।उक्त कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका सदस्य श्याम वि. क. ले गरेका थिए ।

 

Comment Here!

सम्बन्धित