Latest

नतिजा प्रकाशन सँगै ज्ञानकुञ्जको रक्तदान र स्वास्थ्य परीक्षण कार्यक्रम

Public Date:-2017-04-13

काभ्रे— जिल्लामै उत्कृष्ट रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत फ्रिवर्न ज्ञानुञ्ज कलेजमा बुधवार नव वर्ष २०७४ को शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सहायक क्याम्पस प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठान अन्तर्गत कक्षा ११ र १२ मा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीले विभिन्न देशका परिकारहरुको बृहत प्रर्दशनी गर्नुका साथै विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत दिएका थिए । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले नयाँ वर्ष २०७४ को उपलक्षमा विद्यार्थी, अभिभावक, शुभचिन्तकहरु सबैमा सु–स्वास्थ्य, दिघार्यु र उत्तोरत्तर प्रगतीका साथै नयाँ वर्ष २०७४ देखि कुनै एउटा राम्रो कामको सुरुवात गर्नुहोस भन्ने कामना समेत गर्नुभएको थियो ।


यसै गरी प्रतिष्ठान अन्तर्गत ३१ गते बिहिवार वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको थियो । ‘सामाजिक उत्तरदायीत्वमा ज्ञानकुञ्जको निरन्तरता’ अन्तर्गत सोही दिन प्रतिष्ठानको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम र एक दिने स्वास्थ्य शिविरको आयोजन समेत गरेको थियो । उक्त कार्यक्रम शिर मेमोरियल हस्पिटल वनेपा, नेपाल रेडक्रस सोसाइटी शाखा काभ्रे र ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा कलेज तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाहरुले रक्तदान गर्नुका साथै ५०० भन्दा बढि विद्यार्थी, अभिभावक र कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Comment Here!

सम्बन्धित