Latest

नयाँ संशोधन विधेयक अस्वीकार गर्दै आन्दोलन घोषणा

Public Date:-2017-04-12

काठमाडौं— मधेशी मोर्चाका नेताहरूले सरकाररले ल्याएको नयाँ संसोधन विधेयक अस्विकार गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेर संविधान संशोधनको नयाँ विधेयक ल्याएको दाबी गरेका भएपनि आज मोर्चाका शीर्ष नेताहरूको बैठकले विधेयक अस्वीकार गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बुधबार बसेको मोर्चाको बैठकले नयाँ विधेयकलाई अस्वीकार गर्दै कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । मोर्चाले आन्दोलनका विभिन्न कार्यक्रम पनि घोषणा गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरागर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले विगतमा भएका सबै सहमति उल्लंघन गरेको आरोप लगाए । ‘सरकारले पहिला दर्ता गरेको संविधान संशोधनको विधेयक पनि फिर्ता लियो, अहिले फेरि नयाँ विधेयक दर्ता गरेको छ । यो विधेयकले हाम्रा कुनै पनि माग सम्बोधन गर्दैन’, उनले भने, ‘अब हामी कुनै पनि प्रकारको चुनावमा भाग लिँदैनौँ । आन्दोलनमा भाग लिन्छौँ । आन्दोलन अगाडि बढ्छ ।’

स्रोतका अनुसार मोर्चाको बैठकमा संघीय फोरमका अध्यक्ष यादवले चुनावमा अहिले भाग लिँदा मधेसी मोर्चा कमजोर हुन सक्ने भन्दै निर्वाचनको विपक्षमा जानुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई अरु नेताहरूले पनि समर्थन गरे ।
स्रोतका अनुसार सरकारले पुरानो विधेयक मधेसी मोर्चाको सहमतिमा फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो । तर, मोर्चाले प्रधानमन्त्री दाहालको सबै भनाइहरू खण्डन गर्दै नयाँ विधेयक अस्वीकार गरिदिएको छ । मोर्चाको निर्णयले वैशाख ३१ गतेको निर्वाचन तोकिएको समयमा हुँदैन कि भनेर गम्भीर प्रश्न उब्जिएको छ । मोर्चाका तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टीसहितका दलहरू चुनावप्रति लचक भए पनि अध्यक्ष यादवको अडानका कारण कठोर निर्णय गर्न पुगेका हुन् ।

 

Comment Here!

सम्बन्धित