Latest

शिक्षकलई मासिक तलब भुक्तानि वैशाख देखी

Public Date:-2017-04-11

 

काठमाडौँ— शिक्षकहरूले चौमासिक रूपमा पाउँदै आएको तलब अब मासिक रूपमा बैशाख देखि पाउने भएका छन् ।
शिक्षा विभागले आगामी बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब भुक्तानी गर्ने तयारी गरेको छ । यस अघिनै शिक्षा मन्त्रालयले शिक्षकलाई मासिक तलब दिने निर्णय गरेको थियो । निर्णय गर्दै मन्त्रालयले शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको थियो ।


विभागले हालसम्म शिक्षकलाई चैमासिकरुपमा तलब भुक्तानी गर्दै आएको छ । सोमबार शिक्षा विभागले अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभागका आर्थिक प्रशासन शाखाका उपनिर्देशक भगवान उप्रेतीले आगामी बैशाख देखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गरिने बताए । त्यसका लागि आवश्यक सवै तयारी पुरा भएको समेत उनले जानकारी दिए ।

उनले चारै महिनाको तलव एकैपटक जिशिका मार्फत विद्यालयमा पठाउँने र विद्यालयले मासिक रूपमा शिक्षकको तलब भुक्तानि दिने व्यवस्था गरेको जानकारी गराए । यसअघि शिक्षकहरूको तलबका लागि असार १५ तिर माग फारम बुझाउने र सोही अनुसार वजेट निकासा गर्दा ढिलाइ हुँदै आएको बताए ।

अब विभागले हरेक चौमासिकको पहिलो महिनामै तलब माग फाराम भराउने र विद्यालयमा तलब खर्च उपलब्ध गराउने व्यवस्था गर्न लागेको हो । उप्रेतीले भने– ‘हामी बैशाख १५ भित्रै शिक्षकलाई माग फारम भराउँछौं, त्यसको एकहप्तामा जिशिकामा चौमासिक वजेट पठाउँछौं, त्यसको एकहप्ता भित्र जिशिकाले चौमासिक रुपमै विद्यालयमा वजेट पठाउँछ र विद्यालयहरुले मसिकरुपमै शिक्षकलाई तलव निकासा गर्छ ।’

अन्य निजामति कर्मचारीको मासिक तलब भुक्तानी हुनेगरेपनि शिक्षकले तलब बुझ्न ४ महिनासम्म कुर्नुपर्दा शिक्षकहरुले कठिनाई झेल्दै आएका थिए । नेपल शिक्षक महासंघले पनि लामो समय देखि शिक्षा मन्त्रालय र विभागलाई शिक्षकलाई मासिकरुपमा लब भुक्तानी गर्न दबाब दिँदै आएको थियो । विभागको नँया व्यवस्थाबाट शिक्षकहरुको व्यवहारिक समस्या समाधान हुने र उनीहरु कामप्रति थप उत्प्रेरित हुने विभागका महानिर्देशक बाबुराम पौडेलले दावी गरे । आखिर दिनैपर्ने पैसा हो । समयमै दिंदा सदुपयोग पनि हुने र अन्य कर्मचारीसरह एकरूपता पनि देखिने भएकोले निकाशाको ढांचा परिवर्तन गरिएको हो’ – पौडेललेभने ।

 

Comment Here!

सम्बन्धित