Latest

आँगनमै खानेपानी पाएपछि खुशीयाली

Public Date:-2017-04-10

 

काभ्रे— सबेरै उठेर अन्य काम नै छोडेर पानी लिन जानुपर्ने बाध्यतामा रहेका तिमाल गाउँपालिका २ का स्थानिय आँगनमै पानी आएपछि खुशी भएका छन् ।

पानीको मुहान भन्दा बस्ती निकै माथी भएका कारण पानी प्रयोगको लागि दैनिक ४ घण्टा समय खर्चने त्यस भेगका स्थानियको आगनमै पानी पाएपछि खुशी भएका हुन् । ‘तल खोलामा आश्रीत थियौ । खानेपानीको सहज प्रयोग गर्न नपाएका हामी आगनमानै पानी आएपछि भरपुर सदुपयोग गर्छौ ।’–स्थानिय शिक्षक इन्द्रजित तामाङले भने ।


फ्रेन्च नागरिक र लह्युल छोर्तेन हेल्पिङ ह्याण्डको ७० लाख आर्थिक सहयोगमा सिदार्थ लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएपछि ४५ घरधुरी लाभान्भित भएका छन् । ट्रेकिङ व्यवसाय गर्ने स्थानिय युवा शंकरमान तामाङ संग ट्रेकिङ आउँदा फे्रन्च नागरिक एलाइनले सानो वालक विद्यालय जान छोडेर पानी बोकेको देखेपछि पानीको लागि सहयोग गर्ने बताएकी थिईन ।

२ बर्ष लगाएर निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको एक कार्यक्रमका वीच संसद तिर्थबहादुर लामा र एलाइनले सयुक्तरुपमा उद्घाटन गरे । चुखा खोलाबाट ल्यइएको पानी अझै ४५ घरमा वितरण थप गर्ने लक्ष लिएको लह्युल छोर्तेन हेल्पिङ ह्याण्डका अध्यक्ष शंकरमान तामाङले जानकारी दिए ।

 

Comment Here!

सम्बन्धित