Latest

११२ देशका कला संस्कृतिमध्ये नेपालको कला संस्कृति पहिलो स्थानमा

झण्डै ३० हजार विद्यार्थीहरू पढ्ने जर्ज मेसन बिश्व बिद्यालयमा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपाली प्रथम

Public Date:-2017-04-05

भर्जिनिया (अमेरिका)—  आज साँझ ६ः३० बजे संयुक्त राज्य अमेरीकाको भर्जिनिया राज्य फेयरफ्याक्स स्थित  जर्ज मेसन बिश्व बिद्यालयमा आयोजित अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपाली बिद्यार्थिहरूले नेपाली विद्यार्थी मञ्चको तर्फबाट प्रतिनिधित्व गर्दै नृत्य प्रस्तुत गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

अमेरीकाको राजधानीको काखमा अवस्थित यस विश्वविद्यालयमा झण्डै ११२ देशका झण्डै ३० हजार विद्यार्थीहरू पढ्छन् । नेपाली विद्यार्थीहरू नेपाली संस्कार संस्कृतिलाई चिनाउदै प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन् ।   गत वर्षको प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरू तेश्रो भएका थिए भने सो भन्दा अगाडी चौँथो स्थानमा थिए । उक्त नेपाली विद्यार्थी मञ्चले यस विश्वविद्यालयमा विगतका वर्षहरूदेखि Taste of Nepal (Ekta)  को सन्देश दिदै नेपाली खाना र नृत्य प्रस्तुत गर्दै नेपाली सांस्कृतिक साँझ मनाउदै आएको छ ।


विश्वविद्यालयकै कार्यक्रममा नेपाली संस्कृति झल्काउदै नेपाली झण्डा बोकेर मार्चपास गर्दै नेपाली संस्कार संस्कृतिलाई चिनाउदै सांस्कृतिक दूतको काम गर्दै आएको छ। अमेरिकामा हुर्की बढीराखेका र पढीराखेका छोरा छोरी (हरूले शुद्ध नेपाली शैली र पनमा , नेपाली भेषभुषामा, अझै भन्नु पर्दा ब्यवसायिक कलाकारहरू जस्तै शैलिमा नृत्य प्रस्तुत गरेका छन् ।

विगतका वर्षहरूदेखि Student Association ले गर्दै आएको कार्यक्रममा पनि भर्जिनियाका अन्य बिश्व बिद्यालयहरू भी सी यू , भर्जिनिया टेक लगायत बिश्व बिद्यालय र स्थानीय स्कूलबाट स्वतस्स्फूर्त सहभागी भएको देखियो।यसै प्रकार सँसारभर छरिएका नेपालीहरूले नेपालबाट कलाकारहरूलाई झिकाएर , स्थानीय स्तरमै नव कलाकारहरूलाई प्रोत्साहित गरेर नेपाली कला सँस्कृति चिनाउने र फैलाउने कार्यहरू गर्दै आएका छन् ।

 

Comment Here!

सम्बन्धित