Latest

नक्कली आरोपित डा. बुद्धिमान श्रेष्ठले पाए सफाई

Public Date:-2017-03-22

काठमाडौँ,  नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अध्ययन गरि ठगी गरेको आरोप लागेका डा बुद्धिमान श्रेष्ठले सफाई पाएका छन् ।

कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक समेत रहेका डा श्रेष्ठलाई काठमाडाँै जिल्ला अदालतले सफाई दिएको हो ।
न्यायधीश सुर्यप्रसाद पराजुलीको एकल इजलासले डा श्रेष्ठ माथि लागेको अभियोगमा सफाई दिएको हो ।
नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले अप्रेशन क्वाक अन्तर्गत गत ३ असारमा श्रेष्ठ सहित केही चिकित्सकलाई पक्राउ गरेको थियो ।
सीआईवीले त्यस लगत्तै डा श्रेष्ठ सहितका केही चिकित्सकलाई काठमाडाँै जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । तर आरोप कसुर गर्ने प्रमाण नभएको भन्दै सफाई दिएको हो ।
सफाई पछि सम्छिप्त प्रतिक्रिया दिदै डा श्रेष्ठले आफूलाई नियोजित रुपमा फसाउन खोज्नेहरु सफल नभएको बताए । ढिलै भएपनि न्याय पाएको छु । अदालतले न्याय दिएको छ । उनले आफू सामाजिक र राजनीतिक रुपमा संक्रिय हुनखोज्दा रोक्नका लागि रचिएको षडयन्त्र भन्दै त्यतिवेला आफ्नो इज्यत र प्रतिष्ठामाथि योजनावद्ध रुपमा आँच पुरयाउने कोशिष गरिएको टिप्पणी गरे ।
डा श्रेष्ठका तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सतिशकृष्ण खरेल, नारायणहरि अधिकारी लगायतले बहस गरेका थिए ।

Comment Here!

सम्बन्धित