Latest

ब्रदर प्रिन्टरको फ्री सर्भिसिङ र एक्सचेन्ज मेला सम्पन्न

Public Date:-2017-03-14

 

काभ्रे— धुलिखेल टेक्नोस कम्प्युटर तथा सागर आईटी इन्डष्ट्रिज काठमाडौं (नेपालका लागि ब्रदर्स मेसिनको आधिकारिक विक्रेता) सँगको सहकार्यमा यहि फागुन २६, २७ र २८ गते प्रिन्टर तथा प्रिन्टर सम्बन्धि उपकरणको फ्री सर्भिसिङ क्याम्प तथा एक्सचेन्ज मेला सम्पन्न भएको छ ।

काभ्रेको सदरमुकाम धुलिखेलमा विगत ८ वर्षदेखि कम्प्युटर, प्रिन्टर, इन्टरनेट तथा अन्य प्रविधिको परामर्श तथा बिक्रि–वितरण गर्दै आएको धुलिखेल टेक्नोस कम्प्युटरले प्रिन्टरको सर्भिसिङ क्याम्प तथा एक्सचेन्ज मेला पहिलोपटक गरेकोे छ ।

एक्सचेन्ज मेलामा ब्रदर कम्पनीको फोटोकपी मेसिन, प्रिन्टर सम्बन्धि उपकरण र मेसिन सामग्रीको निःशुल्क मर्मत (सर्भिसिङ) तथा अन्य कम्पनिका फोटोकपी, प्रिन्टर मेसिन साटिदिएकोे आयोजकले जानकारी दिएको छ । धुलिखेल टेक्नोस कम्प्युटरका सञ्चालक अवोध भुषण खोंजुले जानकारी दिएका छन् ।

धुलिखेल बसपार्क आशा भवनमा ३ दिने मेलामा स्थानिय सरकारी, गैंर–सरकारी कार्यालय तथा वित्तिय संघसस्थाका प्रतिनिधि एंव सुचना प्रविधिसंग सम्बन्धित अवलोकलकर्ता ले फाईदा लिएको आयोजकले जानकारी दिएको छ ।

 

Comment Here!

सम्बन्धित