Latest

रंगहरुको पर्व होली संगै रमाए जापानमा रहेका नेपाली(भिडीयो हेरौ)

Public Date:-2017-03-13

कृष्णहरि खड्का,टोकियो जापान

अतिनै ब्यस्त देशको रुपमा चिनिएको जापानमा रहेका नेपालीहरुले पनि रंगहरुको पर्व होली धुमधाम संग मनाएका छन्। होलीको अवसर पारेर नमस्ते टोकियो टिभिको आयोजनामा समर BBQ तथा होली स्पेसल पाटी हिजो सम्पन भएको छ।
जापानको मुसासी स्थित रमणिय स्थानमा सम्पन्न भएको होली बिषेस पाटीमा नेपाली गित सगित र कलाक्षेत्र संग सम्बन्धीत २५ जनाको सहभागीता रहेको थियो। जापान जस्तो ब्यस्त जिवन सैली भएको ठाउमा पनि होली बिषेस कार्यक्रम हुनु राम्रो हो। नमस्ते टोकियो टिभि आयोजना तथा लाखे ईन्टरटेनमेन्ट र स्वस्तिक समाज नेपाल जापानको संयुक्त सहभागीतामा भएको कार्यक्रममा सबै एक अर्कामा रग साटासाट गरि रगहरुको पर्व होली मनाए।

 

भिडीयो हेरौ:

Comment Here!

सम्बन्धित