Latest

अपडेट : जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, दर्जनौं घाइते ।

Public Date:-2017-03-09

 

जाजरकोट – जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको  छ  भने दर्जनौं घाइते भएका छन् ।

 बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।

जाजरकोटका प्रमुख जिल्ला  अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

बस यात्रुले खचाखच भरिएकोले गर्दा ओभर लोड भै  दुर्घटना भयको स्थानीबसीको ठहर छ  ।

 

Comment Here!

सम्बन्धित