Latest

अपडेटः जाजरकोट बस दुर्घटनामा ११ को मृत्यु , ३९ घाइते,उद्वार जारी

Public Date:-2017-03-09

 

जाजरकोट – जाजरकोट बस दुर्घटना हुँदा ११ जना को मृत्यु भएको छ  भने ३९ जना घाईते भेटिएका छन् ।

छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरी मालिका नगरपालिका वडा नम्बर ४ को बोहरा गाउँमा लु ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो ।

खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

उनका भनाई अनुसार बस दुर्घटनामा घाइते भएका ३९ जनालाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको छ ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको पौडेलले बताए । बस यात्रुले खचाखच भरिएको स्थानीयले जानकारी दिएका छन् ।

Comment Here!

सम्बन्धित