Latest

रामारोशन पर्यटकीए क्षेत्रबाट बहुमुल्य जडीबुटीको चोरी निकासी बढ्दै

सम्बन्धित निकायको ध्यान नगएको गुनासोे

Public Date:-2017-02-28

एकेन्द्र महता अछाम

 


अछाम जिल्लाको पर्यटकिय क्षेत्र रामारोशनवाट बहुमुल्य जडिवुटीहरु चोरी निकासी दिन प्रतिदिन वढ्दै गईरहेको छ ।

रामारोशन क्षेत्रमा पाईने जडीबुटीहरु हातपसारो, पाँचऔले, सेलपाहाडी, सतुवा जस्ता बहुमुल्य जडीवुटीहरु चोरी निकासी भईरहेको रामारोशन पर्यटन वोर्डका अध्यक्ष मानसिंह रोकायाले बताउनु बताए । यस्तै रामारोशन क्षेत्रमा पाईने निगाला, वडु, लौठसल्लाहरु पनि अवैध रुपमा चोरी निकासी भईरहेकोे अध्यक्ष रोकायाले बताए ।

नेपालकै १२ बण्ड र १८ खण्डको नामले चिनिने रामाराशन क्षेत्रबाट दिन प्रतिदिन यस्ता बहुमुल्य जडिवुटी र बोटविरुवाहरुको चोरी निकासी भईरहेको भए पनी रोकावट गर्न नसकिएको बताईएको छ । रामारोशनसंग सिमाना जोडिएका गाविस तथा जिल्लाहरुबाट तस्करहरु आई चोरी निकासी गरिरहेका अध्यक्ष रोकायाको भनाई छ ।

यस्तै ः रामरोशनमा पाईने नेपालको राष्ट्रिय पंक्षी डाँफे, कालिज, च्याखुरा जस्ता पंक्षी र रतुवा, मृग, घोरल, कोईरेल, बँदेल, बाघ, भालु जस्ता जंगली जनावरहरुको पनि दिन प्रतिदिन चोरी सिकारी भईरहेको अध्यक्ष रोकायाको गुनासो छ । रामारोशन पर्यटकीय क्षेत्रमा पाईने यस्ता बहुमुल्य जडीवुटी, पुशुपंक्षी तथा जंगली जनावरशरुको चोरी निकासी रोक्नका लागी पटक–पटक सुरक्षाको माग गरिएता पनी स्थानीय प्रशासनले कुनै सुनुवाई नगरेको अध्यक्ष रोकायाले वताए ।

पर्यटकहरुलाई आकर्षण गरी अछाम जिल्लाको आर्थिक स्थीतीमा महत्वपुर्ण योगदान दिन सक्ने एउटा पर्यटकिय क्षेत्र यसरी दिन प्रतिदिन मासिदै जाँदा रामारोशन क्षेत्रको अस्तित्व नै संकटमा पर्ने भएकाले सम्वन्धीत निकाएको समयमै ध्यान जान जरुरी देखिन्छ । साथै रामारोशन पर्यटकीय क्षेत्रमा रहेका यस्ता विभिन्न ताल तलैयाहरु पुरिदै गईरहेका छन् भने मैदानहरु स्थानीय वासिन्दाको अतिक्रमणले गर्दा कुरुप बन्दै गैरहेका छन् ।

 

Comment Here!

सम्बन्धित