Latest

सफल अनि इज्जतदार कलाकार हुनपाउ : “गायिका अनिता चलाउने “

Public Date:-2017-01-18

पलपलकाे डटकम-प्रदिप पंगेनी / मलेसिया

 

ब्यस्त अनि चर्चित कलाकार जस्को नाम नसुनेको कमै होलान् । धेरै गितहरुमा स्वर भरीसकेकी लोक तथा आधुनिक गायिका अनिता चलाउने बर्दिया घर भए पनि गायिका चलाउने हाल काठमाडौको बसाइँमा छिन।

गायिका चलाउने बिगत ६/७ बर्ष देखि काठमाडौमा पढाई तथा संगितमा नै ब्यस्त छिन। नया गायिका भए पनि छोटो समयमा ब्यस्त अनि चर्चित बनेकी गायीका अनिता चलाउने सग “पलपलको डटकम ” को प्रस्तुति -“हाम्रो सवाल ~तपाइँको जवाफ ” कार्यक्रम “सवाल~जवाफ “मा ‘प्रदिप पंगेनी ‘संगको कुराकानीमा के भनिन त, उनले जस्ताको त्यस्तै

अनिताको भनाइ :

को हुन त अनिता चलाउने दर्शकको नजरमा ?

– कलाकारीता जगतमा केही गर्न चाहाने,एउटा गायिका हो। जस्ले अझै धेरै कुराहरु गर्न बाकी छ। मैले आवाज दिएको धेरै भएको छैन ,म यो क्षेत्रमा लागेर ,म नयाँ नै हु ।त्यस्तै २० / २५ जति पुग्यो होला आधुनिक र लोक गितमा स्वर भरेर ।

तपाईंलाई त सोझी कलाकार पनि भनेको पाइन्छ नि,किन होला ?

– सायद सोझी नै भएर मेरो धेरै घुलमिल हुने बानी छैन । त्यसैले पनि कलाकारीता क्षेत्रको साथीहरू कम नै हुनुहुन्छ । नकारात्मक सोच भएका मान्छे मेरो साथी बन्न सक्दैन । धेरै जना सबै सग बोलिहाल्ने , हासिहाल्ने ,कुरा गरिहाल्ने बानी छैन ।

अनिता चलाउनेको प्रेम बस्यो कि,बसेन कहिलै कोहि सग ?

उनले हास्दै भनिन , परेको छु प्रेममा ….!

तर म्युजिकको प्रेममा परेको छु। मेरो सब थोक भनेकै म्युजिक हो । यसलाइ म माया गर्छु ।

गित संगितको विकृतिलाई कसरी हेर्नू भएको छ ?

– विकृति भइ रहेको भएर नै, रहरले आउनेहरुले यस क्षेत्रमा विकृति लिएर आएको छन,जस्तो लाग्छ । किन कि राम्रो गित ,राम्रो शब्द , राम्रो म्युजिक भन्दा नामको लागि र चर्चाको लागि यहाँ जस्ता गितहरु पनि निस्किरहेको छन । जस्ले गर्दा कलाकारीता क्षेत्रमा विकृति भित्री रहेको छ । उनले भनिन म यो विकृति देखि निकै पर छु।

अनिता चलाउने भनेर चिनाने गितहरु छन कि ?

– आधुनिक गित पनि २/३ वटा निकालेको थिए पहिले अनिता चलाउने पनि गायिका हो है,भनेर चिनाउन सफल र मेरो पहिलो लोक दोहोरी भनुम,तिज गित पशुपति शर्मा दाइ सग मेरो ” नाचिदेउ झिल्के भाचिदेउ कम्मर ” भन्ने गित हो । रामजी दाइ सगको ” मेरो माया लाई कति सारै सुवायो चट्ट टोपी त, भन्ने गितले थप चिनाउन सफल भयो ।”एउटा सफल, इज्जतदार कलाकार हुन पाउ” जस्तो लाग्छ ।

अन्त्यमा….

हाम्रो राम्रो सिर्जनालाई माया गरि दिनुस ।निरन्तर यहि क्षेत्रमा लागिरहन चाहन्छु ।गायिका र सञ्चारकर्मी भएर स्थापित हुन चाहान्छु। धन्यवाद …..! पलपलको डटकम र हजुरलाई ।

: उनको सफलताको लागि पलपलको डटकमको तर्फ बाट शुभकामना ।

 

Comment Here!

सम्बन्धित