Latest

गीत गाउँदा-गाउँदै मर्न पाउ : “गायिका रन्जिता थापा मगर”

Public Date:-2017-01-15

पलपलको डटकम- प्रदिप पंगेनी / मलेसिया

 

 गीत संगीतमा एउटा आसा लाग्दो कलाकार रन्जिता थापा मगर ,तनहुँ जिल्लामा जन्मिएकी रन्जिता हाल भने काठमाडौमा छिन। उनलाई दर्शकले गायिका तथा मोडलको रूपमा चिन्ने गरेका छन।

पलपलको डटकमको लागि “प्रदिप पंगेनी ” ले गरेको ” सवाल जवाफ ” मा जस्ताको त्यस्तै रन्जिताको भनाइ :

सांगीतिक यात्रा कहिले देखि सुरु गर्नु भयो ?

– सानै देखि रोधिमा गाउने नाच्ने मगरको छोरी तर राम्रो तरिकाले सुरुवात २०६३ देखि एल्बम को हिसाबमा ।

अहिले सम्म कति गीतमा आवाज र मोडल गरीसक्नु भयो ,अनुभवहरु ?

– सायद १५ / २० वटा जति गाए होला २५ वटा जतिमा मोडेल गरे होला बढी रचना मा सिमित छु।म आफैले लेखेका गीत सबै प्रकार को छ , तर गाउन चाही बढी टिपिकल खालको गीत गाएको छु।

गायिका रन्जिताको , रन्जिता बनेर चिनाउने गीतहरु :

लेकैमा घर – दोहोरी गीत र जोबन गै सक्यो – कौडा गित हो । उनको अब बजारमा आउदै गरेको गित २/३ दिनमा आउँदै छ ।शिव हमालको लय र शब्दमा टिपिकल दोहोरी ” टोपी लाउनेको नाम के हो”,मेरै सिर्जनामा “माछी तालैमा मोड्न खल्को दोहोरी” , रन्जिता लोक गीत सङ्ग्रह आउदै छ उनले बताइन् ।

गीत संगितको बिकृतीलाई कसरी हेर्नू भएको छ ?

-कुनै पनि चिजमा सकारात्मक नकारात्मक दुबै हुन्छ। तर दुइटा चिज मध्य कुन चिज राम्रो हो छुटाउने अफै हो । राम्रो समाजमा पच्ने खाल्को गीत सङ्गीत ल्याउन जरुरी छ ।

 हुन त देशको बिकास सगै गीत सङ्गीत को बिकास पनि हुन जरुरी छ । तर सामाजिक दायरा भित्र रहेर “म बाट सुरुवात हुन पर्छ” । “मेरो सास रहे सम्म यो क्षेत्र मै हुन्छु, अझै म चाहन्छु गीत गाउदा- गाउदै मर्न पाउ”

 अन्त्यमा केहि    …विशेष त ‘पलपलको डटकम ‘ अनि हजुरलाई धन्यवाद… म चर्चा बटुल्न नसक्ने एउटा कलाकार लाई मनको कुरा राख्ने समय दिनु भएकोकोमा , आसा छ ,मेरो सिर्जनालाई सबैले मन पराइ दिनुहुनेछ ।”

अरु कलाकार भन्दा भिन्न आफ्नो मौलिकता बोकेर पाइला चालेकी गायिका तथा मोडेल रन्जिता थापा मगरलाई उनको सफलतको लागि पलपलको डटकमको तर्फबाट शुभकामना ।

 

Comment Here!

सम्बन्धित