Latest

हट,सेक्सी भन्दा मिहिनेती गायिका भन्न् रुचाउछु :- गायिका “सावित्री जोशी”

हट एन्ड सेक्सी भन्नू त राम्रो हो नी होइन र ?

Public Date:-2017-01-15

पलपलको डटकम - प्रदिप पंगेनी / मलेसिया

एक ब्यस्त अनि चर्चित लोक गायिका सावित्री जोशी जस्को बारे नजानेको र उनको गितहरुको, लाइभ कार्यक्रम नहेरेको मान्छेहरु सायद कमै होलान् ।अन्य गाईका भन्दा भिन्न स्रोता ,दर्शको मनमा बस्न सफल चर्चित गायिका सावित्री जोशी सग पलपलको डटकम को लागि प्रदिप पंगेनी सग गर्नु भएको कुराकानीमा ,के के भनिन् त ? सवाल जवाफ कस्तो छ ,उनकै भनाइमा ।

सानैदेखि लगनशील गायिका सावित्री जोशीको जन्म पाल्पाको मदन पोखरामा भएको हो । जन्म पाल्पामा भए पनि उनी हाल चितवनमा छिन् ,भने बसाइँ काठमाडौको रहेको छ । हामिले उनलाई गरेको प्रश्नमा

  • को हुन त सावित्री जोशी दर्शकको नजरमा ?
    – सावित्री जोशीका अनुसार लाइभ दोहोरी राम्रो गाउन सक्ने,स्टेज सो हरुमा दर्शकको मन जित्न सक्ने ,सबैलाई नचाउन सक्ने ,मिठो आवाज भएकी नयाँ गायिका ।
    दर्शकले उनलाइ हेर्ने नजर राम्रो रहेको उनको भनाइ छ ।सबैले राम्रो भन्नू भएको छ ।
  • तपाईंलाई त ज्योति भन्दा भिन्न छैन नि,भनेकोपाइन्छ नि, किन होला ?-

होर खै मैले त त्यस्तो भनेको सुनेको छैन र म त्यसरी प्रस्तुत पनि भएको छैन उनको भनाइ रहेको छ ।

गायिका जोशीको बिदेशमा नेपाली कार्यक्रममा राम्रो माग रहेको बताइन् । उनले भनिन २०१६ मा त धेरै राम्रो थियो,अब बल्ल त २०१७ लागेको छ हेराै ।

  • तपाईलाई त हट एन्ड सेक्सी गायिका नि भन्छन त,के तपाईं त्यस्तै हुनुहुन्छ र ?

    – उनले भनिन खै त्यो त हेर्ने ,अनि भन्ने मान्छेहरुलाइ थाहा होला । हट एन्ड सेक्सी भन्नू त राम्रो हो नी होइन र उनले प्रश्न गरीन ? त्यही भन्नू पर्छ ,भन्ने पनि होइन ।कसैले भन्नू हुन्छ ,भने नराम्रो लाग्दैन ।”

    म आफुलाई मिहिनेती गायिका भन्न रुचाउछु। ” अरुले जे जे भने पनि,दर्शकले भन्नू हुन्छ । अहिले सम्म धेरै त भएको छैन २५ / ३० वटा गितमा स्वर दिइसकेको गायिका जोशीले बताइन् । अब आफैं गित सिर्जना गर्दै छु। उनलाई छोटो समयमा नै चर्चित बनाएको गितहरु :- छड्के सलाम ,जुरेली चरी , महोत्सव लगाएत हुन ।

    उनले अस्ति मात्रै रामजी दाइ सग रेकर्ड भएको एकदमै टिपिकल झाउरे भाकामा गाएकी छन्। गायिका जोशीले भनिन ,आशा छ धेरै राम्रो हुनेछ । उनले अन्तिममा भनिन उनकै शब्दमा – …” धन्यवाद …! हजुर अनि पलपलको डटकम लाई धेरै धेरै धन्यवाद ! अनि मेरो दर्शक भगवान लाई , माया गरिदिनुहुन अनुरोध गर्दछु । अनि मेरो सिर्जनालाई माया गर्दिनु होला।”

    गायिका जोशी पछीलो समयमा देश बिदेश धेरै ठाउँमा चर्चित अनि उस्तै परीचित छिन।उनको हरेक कार्यक्रम स्टेज कार्यक्रम मा उनी दमदार प्रस्तुतिमा देखा पर्दै आएको पाइन्छ । उनको सफलताको लागि पलपलको डटकम काे तर्फबाट शुभकामना ।

Comment Here!

सम्बन्धित