Latest

मलेसिया पुगेका सर्लाहीका तामाङको अधुरै रह्यो छोरालाई डाक्टर बनाउने सपना

Public Date:-2016-07-31

( साझासबाल बाट)

null
नाम पुर्णा तामाङ सर्लाही घर भएका उमेर अन्दाजी ४० बर्षका थिय । मेसियाको जोहोर राज्यमा रहेको कोताकुलाई भन्ने ठाँउमाको एक टाएल बन्ने… इलाई (YI-LAI) कम्पनीमा करिब पाँच बर्षसम्म काम गर्दै आएका पुर्ण तामाङको सुतिरहेको अबस्थामामै निधन भएको छ ।

मलेसिया आएको करिव पाँच बर्ष नबित्दै उनी घरमा फर्किए तर जिवित हैन, हिडेर हैन, यउटा बन्द बाकसमा, नेपालमा रोजगार नपाउदा बाध्यताले गर्दा विदेश पस्नु परेको थियो ।

जेन तेन छोराछोरीलाई शिक्षा र खाना दिनलाई पुगेकै थियो । तीन बर्षको छुट्टीमा घर पनि गयका हुन। मान्छेको जातलाई कहिले पुर्णतः हुन्छ र? सन्तानका धेरै रहरहरु थिए, कसैले डाक्टर बन्ने भन्थे त कसैले शिक्षक तर ती सपनाहरु अधुरै रहने भए । जेठो छोरा र माईलो छोराको त उमेर पनि ठूलो भईसकेको छ । तर कान्छो छोरो सानै छन्, खै के हुने हो भोलीको दिनमा ।

उनले सधैं भन्थे छोराहरुलाई । विदेश पस्न दिलै न जति दुख मैले गरेपनि सन्तानले दुख नपाउन भन्ने चाहेको छु । भन्थे तर खै, म यी शब्दहरु लेख्दै गर्दा मेरो मनपनि भक्कानीएर आउँछ ।

उनका हजारौं हजार रहर र चाहान हरु अधुरै रहने भए। हामि सँगसँगै काम गर्ने मान्छे , यसरी बाकसमा घर जाँदा कसको मन रुदैन होलार! एकदमै मिलनसार सहयोगि आफै साथि यसरी मर्दा आज अनौठो लागिरहेको छ ।

साँझमा सँगसँगै खाना खाएर गफगर्दै सुतेका साथि बिहान करिब 6:30 मा बोलाउदा नबिउझदा जिस्कदै ओई आज रेस्टडे (restday) होर भनेर शरिरमा हात राखेको के थिए,,,, चिसो भएको रहेछ ।

अनि अचानक सबैलाई खबर गरे अनि अत्तालीदै सबै साथिहरु बिउझिए, परदेशीको जीवन भरै हुदो रहेनछ । आज होकि भोलि, मर्नु त पर्छ जन्मेपछि तर ढिलो चाँडो मात्रै फरक हो ।

आज मिलनसार र आत्मिय साथि गुमाउदा सारै मन दुखेको छ । मनले सोच्दैछ । अब परदेश पसिदैन जस्तो दुख जस्तो बाधा आएपनि स्वदेशमै सामना गरिन्छ । भनेने आँट मनमा जागेको छ। र बिदेश पस्ने सबैलाई अनुरोध कृपया बिदेशमा नआउनु होला… !

Comment Here!

सम्बन्धित