Latest

युद्धमा होमिएको सिपाही जत्तिकै जोखिममा छ्न मलेसियामा कार्यरत नेपाली श्रमिक

Public Date:-2016-07-28

प्रदिप पंगेनी / मलेसिया

रहर,बाध्यता या परिस्थिति, जे भने पनि सुनौलो भबिस्यको परिकल्पना गर्दै,नेपाली हरुको लागि वैदेशिक रोजगारको पहिलो
गन्तव्य बन्ने गर्छ मलेसिया।त्यहीँ भिडमा योपङ्तीकार पनि हरियो पासपोर्ट बोकेर मलेसिया लाई सपनाको थलो बनाउन बाध्य छ।
मलेसिया जति सुन्दर र आकर्षक देखिन्छ, त्यतिकैनेपालीहरु का लागि जोखिम रहेछ।जहाँ सोचे जस्तो छैन,रोजे र खोजे जस्तो बिल्कुलै रहेनछ मलेसिया। यहाँ स्थित रोजगारदाता बाट सृजित समस्या र दु:ख देख्दा लाग्छ, सपना साकार पार्न होईन, पीडा र आँसुमा डुबाउन मलेसिया ले बोलाए जस्तो लाग्ने।

DSC00421सम्झौता गरे अनुरुप कम्पनी बाट सेवा-सुबिधा पाउन त परै जाओस्, आफ्नो महिना भरको पसिना को मुल्य समयमा पाउनै मुस्किल।पाई हाले पनि आफ्नो गोजीमा नै मृत्यु तोकेको मिति बोके जस्तोलाग्ने।आफ्नो आफन्त र परिवारको लागि खाइ,नखाइ जोगाएको मानो,सम्बन्धित ठाँउमा पुर्याउन नपाई बिच बाटो मै लुटि देला भन्ने डर र त्रासमा हिड्नु पर्ने।

यहाँ नेपाली लुटिनु र कुटिनु एक दैनिकी जस्तै बनेको छ।मलेसिया को बाताबरण ले नेपाली हरु लाई साथ नदिएको हो वा रहन,सहनले गर्दा हो,धेरै नेपाली मनहरु सदाको लागि चिर निन्द्रामा पर्ने गरेका छ्न।त्यो सम्झिदा लाग्छ थाकेको शरीर बेलुकी
आराम दिउ भन्दा कतै आफू पनि सदा-सदाको लागि चिर निन्द्रामा परिएला कि भन्ने डर। करिब आठ लाख नेपाली श्रमिक कार्यरत रहेको मलेसिया मा विभिन्न कारणले, दिनमा एक जना नेपालीको मृत्यु हुने नेपाल् एम्बेस्सी को एक तथाङ्क ले देखाउछ।मलेसिया मा अधिकांश नेपालीको मृत्यु कारण सुते पछि सुतेको सुत्यै हुनु हो।

मलेसिया ले नेपाली लाई दिनु भन्दा नेपालीहरु बाट धेरै चिजहरु खोसेको आभास दिलाउछ। सयौं आमाहरु को कोख रित्तिए। कैयौं दिदिबहिनी हरुको सिउँदो को सिंदुर पुछियो।हजारौं अबोध बालबालिका हरु टुहुरा,टुहुरी भए र हुने क्रम जारी
छ।

मलेसिया मा कार्यरत नेपाली चेलीहरु लाई पनि नरभक्षि आचरण भएका ब्याक्ती बाट बलात्कारको शिकार पछि हत्या भएको
यदाकदा सामाजिक संजालमा हेर्न र पढ्न पाइन्छ।अनि नकारात्मक टीका,टिप्पणी ले सामाजिक संजाल फेसबुक को पाना भरिन्छ।

यस्तो घटना देख्दा र सुन्दा कुन नेपाली माइतीको मन नदुख्ला र? तर यहाँ स्थित सम्बन्धित नेपाली निकायले,नेपाली श्रमिकहरु लाई न सुरक्षा दिन सकेको छ, न सुरक्षा को प्रत्याभूती दिलाउन नै सकेको छ।नेपाली हरुको याबत समस्या र पीडा बाट,नेपाली कुटनैतिक नियोगहरु जहिल्यै बेखबरको नाटक गर्छन्।

मलेसिया देश नेपाली हरुको लागि हरेक दृस्ठिकोण बाट जोखिमपुर्ण छ।त्यसैले यो भन्न सकिन्छ, “युद्धमा होमिएको सिपाही जत्तिकै जोखिम मोलेर श्रम गर्न बाध्य छौँ हामी नेपाली”नेपाल् सरकारले यस्ता खतरापूर्ण श्रमबजार हरुको पहिचान गरि,सदाको लागि नेपालीहरु लाई त्यस्ता देशमा जान रोक लगाउन सक्यो, भने हामी नेपालीहरु यस्ता अप्रिय घटना हुन बाट
अलिकति भए पनि जोगिन्न सक्थौ कि ?

Comment Here!

सम्बन्धित