Latest

भन्सार विभागको पछिल्लो निर्णय संगै प्रबाशिहरुले यसरी पोखे दुखेशो

Public Date:-2016-07-17

पलपलको डट कम - बिष्णु चौलागाई,ओमान( मस्कट) 

विभिन्न खाले दुरगामी विकासे योजना र जनमुखी बजेटका कारण लोकप्रिय बन्दै गैरहेको बर्तमान ओली सरकार भन्सार विभागको पछिल्लो निर्णय संगै केहि आलोचित बन्न पुगेको छ l
पुरानो बेबस्थामा परिवर्तन गर्दै प्रवासमा काम गरि फर्कने नेपालीहरुले सुन तथा चाँदी(काँचो) ल्याउन नपाउने निर्णय गरे  बाट बिदेशी भूमिमा कार्यरत लाखौ युवा र आश्रित तिनका परिवारमा एक किसिमको दुखेसो बढेको हो l
पुरानो नियम अनुसार ०६ महिना अथवा यो भन्दा बदी समय विदेश बसी फर्कदा ५० ग्राम सम्म सुन र ५०० ग्राम चांदी(काँचो) बिना  भन्सार साथमा ल्याउन पाइन्थ्यो भने भन्सार विभागको नया सर्कुलर अनुसार आगामी श्रावन ०१ गते बाट काँचो सुन तथा चाँदीको आयातमा पूर्ण रोक  लगाइएको छ र यसरि ल्याइएको पाएमा जफत गरिने भनिएको छ l
xdxतर भन्सार विभागको अप्रत्याशित यस निर्णयलाई धेरैले अनौठो र अब्यबहारिक भनेका छन् l १५ बर्ष ओमानमा काम गरि केहि दिनपछि घर फर्कदै गरेका म्याग्दी घर बताउने एक दाजु मस्कट स्थित रुविमा भेटिय र  भने “यतिका दिन सम्म घर बेबहार चलाउदैमा ठिक्क भयो,अब जाने बेलामा अलिकति सुन लैजाने र आउदो मंसिरमा छोरीको बिहे गर्ने योजना थ्यो,अब लैजान नपाउने भए पछी उतै (नेपालमा) गएर महगों मै किन्नु पर्ला l
रेडिमेड गहना लैजानु नि भन्दा उनको प्रतिक्रिया थियो “रेडिमेड लगेर के गर्नु लगाउनेले मन पराउनु नि पर्यो नि,राख्न लैजाने हो र काँचो लैजान पाए पो आफ्नो इच्छाले उनीहरु आफै बनाऊथे”l देशमा पर्याप्त अबशर नपाएर र राज्य संयन्त्र कम्जोर हुदै जादा भएका रोजगारी समेत गुमाउनु परेका कारण लाखौ युवा शक्ति यतिबेला बिदेशी भूमिमा पसिना बगिरहेका छन् lर, यसैबाट  देशको अर्थतन्त्र समेत चलिरहेको छ l
राज्यका यावत सुविधा बाट बन्चित हुने मध्यको यो समुह पहिलो नम्बरमा पर्छ तर यहि समुदाय प्रति सरकार गम्भीर र लचिलो हुन नसकेको तर्क गर्छन प्रवाशी मंच,ओमानका सचिब बिष्णु चौलागाई l उनले अगाडी थप्दै भने सुन चाँदीका  गहना नेपाली मौलिकतामा आधारित छन् यहाबाट रेडिमेड गहना लिएर जाँदा नेपाली भेषभुषा सुहाउदो नहुन पनि सक्छ,मौलिकता नरहन पनि सक्छ र सुद्दता मा समेत विश्वास गर्ने आधार रहदैन l
सरकारी यो निर्णयले तस्करी घट्दैन,बरु झन् मौलाउछ l  यतिबेला विश्वभरका नेपालीहरु यस निर्णयको विपक्षमा देखिएका छन् र सबै खाले संघ-संस्थाहरु सम्बन्धित देशका नियोग मार्फत निर्णय सच्याउन सरकारलाई दबाब दिने तयारीमा छन् l
सरकारी यो निर्णय  ठिक नभएको अनुभब सुनाउदै गैर आवाशीय नेपाली संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठले भने -आगामी जुलाई २२ र २३ मा दोहामा हुने एन.आर.एन.को पाचौं मध्य पुर्ब भेलामा यस बिषय गम्भीरताका साथ उठाइने छ र सरकारको ध्यानाक्रिस्ट गरिने छ जहाँ सरकारको प्रतिनिधि टोलि समेत रहने छ l
यसै गरि नेपाली समाज ओमान,नेपाली महिला समूह ओमान,जनप्रगतिशील मंच,दलित एकता संजाल र प्रवाशी मंच ओमानका अगुवाहरुले समेत यस बिषयमा सरकारी निर्णयको बिरोध गरेका छन् l पछिल्लो समयमा आएर नेपाल सुन चाँदी ब्यबसायी संघले पनि यसको प्रत्यक्ष नकारात्मक असर ब्यबसायमा संलग्न कालीगडहरुको रोजगारीमा समेत पर्ने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ l
(सम्पादन नगरिएको )

Comment Here!

सम्बन्धित