Latest

नेपाली जनप्रगतिशील मोर्चा कतारले गर्यो नबौ बार्षिक उत्सव भब्य रुपले सम्पन्न !

Public Date:-2016-07-10

pradip pangeni-प्रदिप पंगेनी

(राम कुवर ! दोहा कतार )
नेपाली जनप्रगतिशील मोर्चा कतारले गत वर्ष जुलाई १७ मा गरेको पाचौ अधिबेसनलाइ आधार मानेर यस बर्ष भब्य रुपले आफ्नो बार्षिक उत्सव मोर्चाको तर्फबाट बनभोज कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।

कार्यक्रम अनुसार बिभिन्न टिम बनाएर कार्य बिभाजन र नियमित अनुगमन गरि जुलाई महिनाको यो चर्को गर्मीमा सम्पूर्ण टिमको सक्रियतामा कतार स्थित दुखानको सामुद्रिक किनारमा बाजागाजा सहित नाच गान गरि साँझ पाच बजे देखि रात्रिको १२ बजे सम्म भब्य मनोरंजनका साथ सम्पन्न गरेको छ।

received_10205666689101114शुरुमा गन्तब्य स्थानमा पुग्ने बित्तिकै समुद्रको निरीक्षण र पौडी खेलेर आनन्द लिनुका साथै भलिबल खेली खेल जगतको उत्सुकतालाई प्रदर्शन गर्नु भएको थियो ।

पौडी र खेल पश्चात नास्ता पछी परिचयात्मक कार्यक्रमको संचालन मोर्चा केन्द्रीय सदस्य बिमल आचार्यले गर्नु भएको थियो भने आफ्नो परिचय सहित मन्तब्य दिने काम सम्पपूर्ण उपस्थित सदस्यहरुले गर्नु भएको थियो।
मोर्चाको तीन जना सचिवहरु मध्ये सचिव राज धमला निस्चल ओखलढुंगेले कविता बाचनको साथमा हास्य व्यंग्य प्रस्तुति प्रस्तुत गर्दै उपस्थित मासलाई भरपुर मनोरंजन दिनुभएको थियो ।

साथै प्रगतिशील गीत गायन तथा नृत्य प्रस्तुत गर्नु भएको थियो भने अर्का सचिव प्रमोद न्यौपानेले पनि कविता बाचन गर्दै नृत्य प्रस्तुत गर्नु भएको थियो। त्यसैगरि सचिब कविराज क्षेत्रीले प्रगतिशील गीत प्रस्तुत गर्दै दर्शकहरुलाई नचाई रहनु भएको थियो।

मन्तब्य दिने क्रममा मोर्चा महासचिव राम कुवरले कतारमा मोर्चाको गतिबिधि र कानुनि समस्या तथा खेल्नु पर्ने बाकि भूमिका बारे प्रकाश पार्नु भएको थियो।मोर्चा अध्यक्ष रेशम पौडेलले बनभोज कार्यक्रमलाइ सफल पार्न अहोरात्र खट्ने सम्पूर्ण टिमलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै मोर्चा प्रगतिशील राजनीतिक विचार बोकेको कतार स्थित प्रगतिशील युवाहरुको साँझा सस्था रहेको बारे प्रस्ट पर्दै सम्पूर्ण युवाहरुलाई मोर्चामा आबद्द हुन आह्वान गर्नु भएको थियो।

 मोर्चा सल्लाहकार गणेश भण्डारीले कार्यक्रमलाइ फेसबुक मार्फत प्रतक्ष प्रसारण गरिरहनु भएको थियो भने बिच बिचमा आफुले पनि मन्तब्य राख्दै कार्यक्रम संचालन गरिरहनु भएको थियो।मुसलमानहरुको महान चार्ड इदको अवसरमा चार दिने छुट्टीको भरपुर  उपयोग गर्दै आयोजना गरिएको कार्यक्रममा आयोजकको तर्फबाट इदको शुभकामान मोर्चा सल्लाहकार श्रीकृष्ण भट्टराईले दिनु भएको थियो।

त्यसैगरि आफ्नो परिचय सहित मन्तब्य दिने क्रममा मोर्चा प्रमुख सल्लाहकार रमेश गिरीले जोशिला र फुर्तिला युवाहरुको आवश्यकता देश भित्र नै रहेको र बेचिएको श्रमबाट भएको आम्दानीले व्यक्तिगत घर घडेरी नभई रास्ट्रीय आम्दानि हुने गरि सम्पूर्ण युवाहरुले हाइड्रोपावरमा शेयर लगानी गरि रास्ट्रीय पुजी बाटै अपर कर्णालीमा सम्भावित ४१०८ मेगावाट बिद्दुत उत्पादन गर्न मद्दत गरि रास्ट्रको शिर उच्च राख्नमा अभियान नै चलाउनु  पर्ने बारे प्रकाश पार्नु भएको थियो ।

मन्तब्य दिनेहरुमा मोर्चा केन्द्रीय सदस्यहरु होमनाथ बास्कोटा, भक्त बहादुर शाही, राजेश ओली, गणेश बिश्वकर्मा, राजु रखाल, शिव लामिछाने, कलाधर शर्मा, पतिराम साफि  र बिमल आचार्य रहनु भएको थियो । कार्यक्रमलाई ब्यबस्थित पार्न मोर्चाका केन्द्रीय कोषाध्यक्ष हेम कार्की निरन्तर खटिरहनु भएको थियो। दोस्रो चरणको खानपिन पछी असिनपसिन हुदै गरिरहेको नाच गानलाइ अन्य देशका पर्यटकहरुले पनि निकै चासोका साथ हेरेर मनोरंजन लिईरहेका थिए ।करिब ११.३० बजे पश्चात कार्यक्रम समापन गरिएको घोसणा मोर्चा अध्यक्षले गर्नु भएको थियो।

Comment Here!

सम्बन्धित