Latest

गुरुयोजना सहित शारदा देवीस्थान क्षेत्र विकासमा जुटे स्थानीय

Public Date:-2018-02-12

काभ्रे– काभ्रे जिल्लाको ऐतिहारिक र प्रसिद्ध पर्यटक तथा धार्मिक क्षेत्रको रुपमा मानिएको पनौती देविस्थान क्षेत्रको विकासका लागि गुरुयोजना सहित स्थानीय लागिपरेका छन् ।

यस क्षेत्रको विकासका लागि संगठित बनेका उनीहरुले शारदादेवी क्षेत्र विकास तथा संरक्षण समिति नामको संस्था नै दर्ता गरी सक्रिय बनेका हुन । पनौती क्षेत्रका बासिन्दाहरुको आस्थाको केन्द्रको रुपमा रहेकी देवीको मन्दिरमा १२ महिना पूजा गर्ने गर्छन भने बडा दशै ,श्री पञ्चमी , माघे संक्रान्ति ,रामनवमी जस्ता पर्वमा विशेष मेला लाग्ने गरेको छ । राम नवमीको दिन उक्त स्थानमा बत्ती बाली पूजा आरधाना गर्दा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । पहिले साधरण मन्दिरमा पाठपूजा गरिँदै आएको भए पनि हाल मन्दिर निर्माणाधीन अवस्थामा रहेको छ । उक्त मन्दिरमा पनौती ९ का महत परिवारले ५१ किलोका घण्टा दान गरेका छन् । उच्च स्थानको मन्दिरमा रहेको उक्त घण्टा अर्को आकर्षण रहेको छ ।

पनौती कै उच्च स्थानमा रहेको उक्त स्थान आफैंमा भ्यू टावरको रुपमा रहेको छ । चारै तिर जंगलले घेरिएको उक्त क्षेत्रबाट जिल्लाको धुलिखेल, बनेपाको सम्पूर्ण शहरी क्षेत्र तथा पनौती नगरको पूरै क्षेत्र अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट १हजार ७ सय ५० मिटर उच्चाईमा अवस्थित यस क्षेत्रमा पछिल्लो समय जिल्लाका विभिन्न क्षेत्र बाहेका छिमेकी जिल्ला बाट पूजा आरधाना गर्ने अलावा घुम्नकै लागि दैनिक सयौंको संख्यामा मानिस आउने गरेका स्थानीय बताउँछन् ।

प्रसिद्ध पर्यटन तथा धार्मिक भएर पनि प्रचार प्रसारको अभावमा छायामा परेको उक्त क्षेत्र नगरको सम्भावित उल्लेखनीय क्षेत्र बन्न सक्ने समितिका कोषध्यक्ष संगिता के.सीको विचार छ । पनौती नगरका त्रिवेणी घाट लगाएतका क्षेत्र संगै यस स्थानको पनि प्रचार प्रसार गरे पनौती क्षेत्रकै गौरब बढने उनको तर्क छ । उक्त क्षेत्र विकास समितिले क्षेत्र विकासका लागि भन्दै विभिन्न योजना अघि सारेको छ । जस अनुसार मौलिकता झल्किने गरी मन्दिर निर्माण सम्पन्न गर्ने । ट्रष्ट द्धवारा भ्यू टावर निमार्ण गर्ने, बहुउद्देश्य सहितको सत्तल बनाउने, ऐतिहासिक गढी संरक्षण गरि प्रयोगमा ल्याउने, पिकनिक स्पट बनाउने, रिसोर्ट संचालनमा ल्याउने, मन्दिर पुग्नको लागि ३ तिरबाट सिँडी सहित टे«किङ रुटको व्यवस्था गर्ने, तीनै तिर प्रवेस द्धार बनाउने मन्दिर पुग्ने बाटो ओमडाँडा देवीस्थान सडक, वि.पी राजमार्ग देवीस्थान सडक, गणेशस्थान देविस्थान सडक, ढलमले देवीस्थान सडक स्तरोन्ती गर्दै पक्की बनाउन पहल गर्ने योजना रहेको संरक्षण समितिका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए ।

उक्त क्षेत्रको विकासका लागि सबैक्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ । स्थानीय तह देखि अन्य निकायहरु राष्ट्रिय तथा अन्तर्राष्टिय दातृ निकायबाट सहयोग जुटाउन प्रस्तावना सहित हाम्रो पहल अघि बढेको छ । गुरुयोजना सहित हामी लागेका छौ । संरक्षण समितिको मातहतमा मन्दिर निर्माण गर्ने, रिसोर्ट बनाउने, सत्तल बनाउने , अवश्यक मार्ग निमार्ण गर्ने कार्य एक समयमा पछि भिन्नाभिन्नै समिति मार्फत काम अघि बढाइ यस क्षेत्रलाई प्रसिद्ध क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गदर्छौ, उनले थपे । यस अघि शहरी विकास मन्त्रालय मार्फत बनेको भ्यू टावरमा भूकम्पका कारण क्षति पुगे पछि पून निर्माण प्राधिकारण सँग ठोस प्रस्ताव लगि ट्रष्टको भूकम्प प्रतिरोधात्मक टावर निमार्ण गरिने समितिका सचिव नारयण सापकोटाले बताए ।

Comment Here!

सम्बन्धित