Latest

पैसा लगानी गरेर अभिनय क्षेत्रमा आउनु दिगो हुँदैन

Public Date:-2017-02-17

 

दाङ जिल्ला श्री गाउँ गा.वि.स वडा नं. ३ राजपुरमा बुवा भिम बहादुर वली र आमा छली कुमारी वलीको माईलो सुपुत्रका रुपमा जन्मिएका हुन् चलचित्र निर्देशक अमर वली । उनी एक कुसल निर्देशक मात्र नभएर नृत्य निर्देशक पनि हुन । उनले लगभग १५० वटा भन्दा पनि धेरै म्युजिक भिडियो गरीसकेका छन । अहिले उनी चलचित्रको निर्देशनमा व्यस्त रहेका छन् । उनै निर्देशक अमर वली सग चलचित्र र उनको बारेमा गरेको कुराकानीको केही अशं ।


— अमर जि अहिले के मा व्यस्त हुनुहुन्छ ?

अहिले मेरो पछिल्लो चलचित्र आरोपको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा छ त्यसैमा व्यस्त छु ।

— कती भयो कलाकार क्षेत्रमा लागेको ?

यो क्षेत्रमा लागेको त १८ बर्ष भयो तर सबै काम छोडेर यसैमा जिन्दगी बिताउछु भनेर लागेको चै १५ बर्ष भयो ।

— मध्य पश्चिमको दाङ जिल्लामा जन्मेर काठमाण्डौं जस्तो ठाउमा आएर एउटा सफल निर्देशक बन्न कत्तिको सजिलो रहेछ ?

हा.हा हा पहिलो कुरा त मैले यो क्षेत्रमा लाग्न अत्यन्तै दुख गरेको छु मेरो यहा न आफनो कोही थियो न यो क्षेत्रमा तहि पनि परीश्रमको फल मिठो हुन्छ भने झै अहिले आएर निर्देशक भनेर थोरैले भएपनि चिन्छन यहि खुसि लाग्छ ।

— तपाई त कुसल नृत्य निर्देशक हो चलचित्र निर्देशनमा कसरी ?

हो म कुसल नृत्य निर्देशक पनि हो मैले धेरै कलाकारलाई नृत्य गर्न सिकाएको छु भने झण्डै १५० वटा जति म्युजिक भिडियो निर्देशन गरेको छु ३ वटा ठुलो पर्दाको चलचित्र पनि निर्देशन गरिसकेको छु अब फागुनको अन्तिम साता बाट नया चलचित्र निर्देशन गर्ने तयारी गरिरहेको छु अनि अर्को कुरा तपाईको जानकारीको लागी म एउटा राम्रो सम्पादक पनि हो ।

— भनेपछि तपाईत सबै काममा सक्षम हुनुहुदो रहेछ ?

एउटा निर्देशकलाई सबै कुराको ज्ञान हुन जरुरी छ ।

— चलचित्र निर्देशन गर्नु र म्युजिक भिडियो निर्देशन गर्नुमा के फरक छ ?

चलचित्रमा बजेट धेरै हुन्छ धेरै दिन लाएर सुटिङ गर्नु पर्छ हतार नगरेर आफ्नै पाराले सोचेर काम हुन्छ म्युजिक भिडियोमा बजेट पनि कम हुन्छ र सकेसम्म एक दिनमा सकाउनु पर्छ प्रैसर धेरै हुन्छ रिजल्ट पनि छिटै आउछ त्यसैले दुबैमा काम गर्दा आ–आफ्नै मजा हुन्छ ।

— के तपाई दाङ जिल्ला बाट कलाकारीता गर्छु भनेर काठमाडौं आउनु भएको हो ?

होइन मैले अगाडी भने जस्तै मेरो यो क्षेत्रमा कोहि थिएन म त्यतिकै टाइम पासको लागी गएको थिए बिस्तारै यसको नसा लाग्यो मान्छेमा इच्छा भयो भने जे पनि गर्न सक्छ भन्ने एउटा उदाहरण म पनि हो किनकी कोहि भन्ने गर्छन नि कलामा लाग्नको लागी बच्चै देखि सिकेर आउनु पर्छ तर म त्यो मान्दिन । अब हेर्नूस न मेरो घर परिवारमा कोहि पनि नाच्ने गाउने छैन यति सम्मकि म यो क्षेत्रमा लागो भनेर आफ्न्तलेनै घृणा गरेको जस्तो व्यवहार गर्थे । हाम्रो समाजलाई जसरी हुन्छ पैसा कमायो भने पुग्छ चाहे त्यो कसैको भाडा माझेर होस या गेटमा बस्ने पालेको काम गरेर होस तर मैले पैसा होइन नाम कमाउछु भनेर यो क्षेत्रमा लागेको हो । अहिले यत्रो बर्ष भयो बाचेकै छु कसै संग माग्न जान परेको छैन मलाई तर मलाई अलिकती हौसला बढाउने कामचै कोमल वली आन्टिले गर्नुहुन्छ । यो क्षेत्र राम्रो छ राम्रो काम गर्नु पर्छ भन्नु हुन्छ खुसि लाग्छ ।

— साँचै यो क्षेत्रमा लागेर बाच्ने आधार छ ।

अवश्य छ अहिले १५ बर्ष भयो बाचेकै छु ।

— कति निर्माताले काम लगाएर पारिश्रमिक दिन्नन भन्छन नि ?

खै मैले अहिले सम्म पाईरहेको छु ।

— निर्देशकलाई कति केटिहरु हिरोइन बनाउनु पर्यो भन्दै आउछन रे त ?

आउछन नआउने कुरो होइन हिरोईन बनाउनु पर्यो भनेर आयो भन्दैमा बनाउनु पर्छ भन्ने पनि त होइन नि । एउटा निर्देशकलाई चाहिएको कला हो यदि उनिहरुसंग कला छ भने अवश्य मौका दिइन्छ ।

— मेरो मतलब फिल्म खेलाउछु भनेर निर्देशकले घुमाउछन रे त ?

खै मैले त अहिले सम्म कसैलाई घुमाए जस्तो लाग्दैन ।

— फिल्म खेल्नका लागी केटाले पैसा लगानि गर्नु पर्ने केटिले चै निर्देशकलाइ रिझाउनु पर्ने भन्छन हो त ?

हा हा हा गलत कुरा अब मेरो पहिलो चलचित्र धर्तिपुत्रमा हर्नुस न दिलिप रायमाझि सुनिल थापा जस्ता कलाकार छन के मैले उनिहरुलाई लगानि गर्नुस भने होला त । अरु निर्देशकले के गर्नुहुन्छ थाहा भएन तर मैले त्यस्तो गर्ने गरेको छैन ।

— सरकारले चलचित्र क्षेत्रलाई के गरिदियोस जस्तो लाग्छ  ?

पहिलो कुरा त सिनेमालाई उद्योगको मान्यता दिनु परो दास्रो कुरा बक्स अफिस लागु गर्नुपरो ता कि निर्मातालाइ ढुक्क हुने वातावरण होस ।

— यो क्षेत्रमा आउन चाहने नव प्रवेशिलाइ के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त तपाइ के बन्ने भन्ने सोच बनाउनुहोस र त्यसलाई राम्रो संग बुझ्नुहोस र त्यस सम्बन्धि ज्ञान लिनुहोस सिकेर आउनुहोस तपाईको सिप खेर जादैन । पैसा हालेर नआउनुहोस त्यो दिगो हुँदैन कति दिन पैसा हालेर खेल्ने होर होईन ।

— अन्तयमा केहि भन्नु छ ?

मेरा केहि कुरा राख्ने मौका दिनुभएकोमा पलपलको डटकम टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु ।

Comment Here!

सम्बन्धित