Latest

यौन रोगका बारेमा प्रबासी र प्रबासीका घरपरिवार संग अभिमुखीकरण गोष्ठी सम्पन्न

Public Date:-2016-12-10

पलपलको डट कम - एकेन्द्र महता

मंगलसेनमा – प्रबासी र प्रबासीहरुका घरपरिवारहरु संग एक दिने अभिमुखीकरण गोष्ठी मंगलसेनमा भएको छ ।

एच आई भि एड्स तथा यौन रोगका बारेमा प्रवासी र प्रवासीहरुका आफन्तसंग अभिमुखिकरण कार्यक्रम गरीएको हो ।

जिल्लाको मंगलसेन नगरपालिकाका सबै वडाहरुका प्रबासबाट आएका र प्रबासमा रहनु भएका पुरुषहरुका घरपरिवारका महिला ,पुरुष तथा महिला स्वमसेविकाहरुको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसघिय जनसंख्या कोष अछामको आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालयको सहजिकरण र जिल्ला युवा संञ्जालको समन्वयमा भएको अभिमुखीकरण गोष्ठीमा एच.आई.भि.÷एड्स के हो, यो कसरी सर्छ, यसबाट बच्ने उपायहरु र यौनरोगहरुका बारेमा कार्यक्रमका सहभागिहरुलाई जानकारी गराईएको थियो ।

गोष्ठीका सहभागिहरुले छलफलका क्रममा सिकेका कुराहरुलाई आगामि दिनमा आफनो घरपरिवार तथा छरछिमेकमा पनि आदानप्रदान गर्ने बताएका थिए । गोष्ठीमा प्रजनन उमेरमा हुन सक्ने समस्या र अहिले भोग्नु परेका समस्याहरुको बारेमा जानकारी गराईएको थियो ।

महिला पुरुष गरी २९ जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रबेश भण्डारी, जिल्ला युवा संञ्जाल अछामका एकेन्द्र महताले गर्नु भएको गोष्ठीमा संयुक्त राष्ट्रसघिय जनसंख्या कोष अछामका प्रमुख भरत गोतामेको विशेष उपस्थिती रहेको थियो ।

Comment Here!

सम्बन्धित